सुचना, समाचार र मनोरन्जन

कीर्ति स्मृति पत्रकारिता वृति सम्मान पत्रकार डा.आचार्य, शर्मा र बास्तोलालाई अर्पण

पोखरा ।

कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मान ३ जना पत्रकारलाई अर्पण गरिएको छ । नेपाल पत्रकार महासंघ कास्की शाखाद्दारा सञ्चालित तथा सूर्य–प्रेम बहुउद्देश्यीय समाजसेवा ट्रस्टद्दारा स्थापित कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मान बुधबार एक कार्यक्रमका बीच नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष पत्रकार डा.सुरेश आचार्य, कास्की शाखाका पूर्वअध्यक्ष प्रेस स्वतन्त्र सेनानी माधव शर्मा र कृष्णप्रसाद बास्तोलालाई अर्पण गरिएको हो ।

पूर्वसांसद तथा उद्योगपति स्व. सूर्यबहादुर केसीका परिवारवाट स्थापित उक्त सम्मान नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा,गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारी सहित पुरस्कार स्थापनाकर्ताको परिवारले अर्पण गरेका थिए ।

डा.सुरेश आचार्य सम्मानित हुँदै
Pach Pandav

नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित कृति स्मृति पत्रकारिता वृत्ति सम्मान २०७७ आचार्यलाई, २०७८ शर्मालार्ई र २०७९ बाट बाँस्तोलालाई अर्पण गरिएको हो । पुरस्कार छनोट समिति २०७७ को संयोजकमा महासंघ कास्कीका पूर्व अध्यक्ष पुण्य पौडेल, पुरस्कार छनोट समिति २०७८ र २०७९ का संयोजकमा महासंघ कास्कीका पूर्व अध्यक्ष प्रेस स्वतन्त्रता सेनानी बद्रीविनोद प्रतिक रहेका थिए ।

पोखराका प्रथम निर्माण व्यवसायी स्व.कीर्तिबहादुर के.सी.को स्मृतिमा स्थापित यो पुरस्कार २०७३ बाट अर्पण गर्न सुरु भएको हो । यसअगाडि पत्रकारहरू युवराज घिमिरे, नारायण कार्की, किशोर नेपाल, बद्री विनोद प्रतिकलाई उक्त सम्मान अर्पण गरिसकिएको छ ।

 

माधव शर्मा सम्मानित हुँदै
कृष्ण प्रसाद बास्तोला सम्मानित हुँदै
Leave A Reply

Your email address will not be published.