Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- पीआरको अडिसनमा पास भएपछि खुशीको सिमा नै रहेन : सुरज पौडेल
- भ्रष्टाचार र बेथितीविरुद्धको कथा ‘झरीपछिको इन्द्रेणी’को ट्रेलर सार्वजनिक
- गृहमन्त्री अर्यालले गरे निर्माणाधीन संसद् भवनको निरीक्षण
- निर्वाचनको वातावरण बनाउन भूमिका खेलिदिन पूर्वराष्ट्रपति भण्डारीलाई आग्रह
- पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा धेरै भ्रष्टाचार, ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा दर्ता
- समानुपातिकतर्फ एकै दिन ३३ दल दर्ता
- देशको सामु धेरै ठुला चुनौतीहरू खडा भएका छन्ः अध्यक्ष दाहाल
- कालीगण्डकी करिडोरको मालढुङ्गा–बलेवा खण्ड कालोपत्र शुरु
- ती दिन सम्झन चाहँदैनन् तिलागुफावासी
- पिसिएल नर्सिङलाई निरन्तरता दिने सरकारको तयारी

निर्वाचनको वातावरण बनाउन भूमिका खेलिदिन पूर्वराष्ट्रपति भण्डारीलाई आग्रह
प्रधानमन्त्री सुशीला कार्कीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचनको वातावरण निर्माणका लागि आफ्नो ठाउँबाट भूमिका खेलिदिन आग्रह गरेकी छिन ।
आज सिंहदरबस्थित प्रधानमन्त्री कार्यालयमा उनीहरूबीच भएको भेटमा प्रधानमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रण र आगामी फागुन २१ गतेका लागि निर्धारित निर्वाचनको तयारीलाई समान प्राथमिकताका साथ सरकारले काम गरिरहेकाले यसमा सकारात्मक भूमिकाका लागि आग्रह गरेकी हुन ।
गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनपछि उत्पन्न परिस्थितिका कारण आफूले जिम्मेवारी सम्हाल्नुपरेको बताउँदै उनले सरकारले ती घटनाका विषयमा छानबिनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताइन।
पूर्वराष्ट्रपति भण्डारीले ‘जेनजी’ प्रदर्शनका क्रममा भएका घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकार सक्षम रहेको विश्वास व्यक्त गरिन । उनले हालको परिस्थितिको निकासका लागि निर्वाचनभन्दा अर्को विकल्प नरहेकाले सबै पक्षले निर्वाचनलाई अर्जुनदृष्टि बनाएर अघि बढ्नुपर्ने धारणा राखिन ।
पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्री कार्कीको नेतृत्वमा सरकारले स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गर्न सक्नेमा आफू विश्वस्त रहेको बताएको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ ।