सुचना, समाचार र मनोरन्जन

फागुन २१ को निर्वाचनका लागि कार्यतालिका सार्वजनिक

काठमाडौँ,

निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कार्यतालिका स्वीकृत गरेको छ। आयोगले सोमबार जारी गरेको कार्यतालिकाअनुसार निर्वाचन तयारीका सबै प्रक्रिया निर्धारित समयमा सञ्चालन हुनेछन्।

कार्यतालिकाअनुसार मङ्सिर १ गतेदेखि १० गतेसम्म राजनीतिक दल दर्ता हुनेछ। पहिलो हुने निर्वाचन प्रणालीका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईको भनाइ छ ।

नयाँ दल दर्तादेखि निर्वाचन, प्रचारप्रसार लगायतका निर्वाचन कार्यतालिका सार्वजनिक गरेको आयोगले फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसारको समय तोकेको छ भने फागुन १८ गतेदेखि प्रचारप्रसार निषेध अवधि लागू हुनेछ।

निर्वाचनको दिन फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ र मतपेटिका सङ्कलनपछि मतगणना सुरु गरिनेछ। समानुपातिक निर्वाचन प्रणालीका लागि मङ्सिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र पुस १८–१९ गते बन्दसूची पेस हुने कार्यक्रम छ।

Leave A Reply

Your email address will not be published.