सुचना, समाचार र मनोरन्जन

‘ज्वाइँ साब’को ‘कसम बत्ती’मा छमछमी नाचे जितु र नीति

काठमाडौं :

अभिनेत्री नीति शाहको दोस्रो फिल्म ‘ज्वाइँ साब’को पहिलो गीत सार्वजिनक भएको छ। बुधबार काठमाडौंमा एक कार्यक्रमकाबीच फिल्ममा समावेश ‘कसम बत्तीको’ सार्वजनिक गरिएको हो।

सार्वजनिक गीतमा निशान भट्टराई र समीक्षा अधिकारीको स्वर, यादव लम्सालको शब्द, अर्जुन पोखरेलको संगीत छ। गीतका गायकगायिका भने कार्यक्रममा उपस्थित भएनन भने संगीतकार गीतकार भएका थिए। संगीतकार पोखरेलले गीतबाट आफु निकै आशावादी रहेको बताए। उनको यो फिल्मका निर्देशक वसन्त निरौलासँगको तेस्रो सहकार्य गीत हो। यो गीतको अडियो तथा भिडियो निकै शक्तिशाली छ।

Pach Pandav

असोजको २४ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मको गीतमा जितु नेपाल र नीति शाहले नृत्य गरेका छन्। नितिले अघिल्लो फिल्म ‘खजुरे ब्रो’को तुलनामा निकै राम्रो नाचेको देख्न सकिन्छ। गीतको भिडियो हेर्दा बेहुलीले बेहुलालाई आफ्नो घरमा भित्राएको देखिन्छ। फिल्मको गीत रिलिजपछि अभिनेता जितु नेपालले आफुहरुले कसैसँग भिड्न नआएको बताए। उनले पछिल्लो समय समाचारमा आएका कुराहरु सत्य नभएको बताउँदै आफु कसैसँग भिड्न नआएको बताए।अभिनेत्री शाहले पनि आफ्नो दोस्रो फिल्मलाई माया गरिदिन आग्रह गरिन्।

विजय बस्याल कार्यकारी निर्माता रहेको यो फिल्ममा मिनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ। राजकुमार पण्डितको प्रस्तुतिमा तयार भएको फिल्ममा बुद्धि तामाङ, हिमेश पन्त, रमेश वुढाथोकी, निमा पाण्डे, शिशिर वाङ्देल, कविता आले, दीपक आचार्य, राजकुमार पण्डित, कमलमणी नेपाल, प्रकाश घिमिरे, दीपक अधिकारी, राजेन्द्र नेपाली, सीपी पौडेल, विश्व मुखिया, शिवु पाण्डे लगायतका कलाकारहरुको अभिनय छ।

यो फिल्ममा अर्जुन पोखरेल र महेश ताम्रकारले संगीत दिएका छन् भने संजय थापाको एक्सनको पाटो समालेका छन्। श्याम तामाङको छायांकन, सन्देश शाहको सम्पादन छ। रेड आई फिल्मस्को प्रस्तुति र मौसम फिल्मस्को सहकार्यमा यो फिल्म निर्माण भएको हो।

Leave A Reply

Your email address will not be published.