काठमाडौं :
अभिनेत्री नीति शाह र अभिनेता जीतु नेपाल अभिनित ‘ज्वाइँ साब’को पछिल्लो समय चर्चामा छ। यो फिल्मको फर्स्ट लुक र टिजरले नै दर्शकबीच निकै उत्सुकता बढाइरहेका बेला यस फिल्ममा समावेश गीतले थप हाइप बढाएको छ।
त्यसपछि, गायक निशान भट्टराई र गायिका समीक्षा अधिकारीको स्वरमा रहेको गीत ‘कसम बत्तीको’ले यतिबेला सामाजिक सञ्जाल तथा टिकटक बनाउनेको राम्र्र जमात बढेको देख्न सकिन्छ। त्यस कारण पनि यो फिल्मको चर्चा थप चुलिएको हो।
वसन्त निरौलाको निर्देशनमा निर्माण भएको यो फिल्म फूलपातीको अवसर पारेर असोज २४ गते रिलिज हूँदैछ । फिल्मका निर्देशक निरौलाले फिल्ममा समावेश गीतले फिल्मको उचाइ बढाएको बताए। उनले कुराकानीमा भने,‘पोस्टर र टिजरले फिल्मको हाइप क्रिएट गरेको थियो । गीत आएपछि थप हाइप बढेको महशुस गरेको छु। अहिले विदेशबाट पनि फिल्मको माग बढिरहेको छ।’ उनले विदेशमा र नेपालमा एकैदिन फिल्म रिलिज गर्ने तयारी भइरहेको समेत जानकारी दिए।
उनका अनुसार फिल्मको कथा रोचक र नयाँपनले भरिपूर्ण भएकाले यसपटकको दसैँको रौनकलाई थप उत्साहपूर्ण बनाउने छ। यो फिल्मले दर्शकलाई फरक अनुभव दिने पनि उनको भनाई छ।
‘रेड आई फिल्म्सको प्रस्तुति र मौसम फिल्मसको सहकार्यमा निर्माण भएको यो फिल्ममा जितु नेपाल र नीति शाहले मुख्य भूमिका निर्वाह गरेका छन् । उनीहरुको अलवा फिल्ममाबुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, निमा पाण्डे, शिशिर वाङ्देल, कविता आले, दीपक आचार्य, राजकुमार पण्डित, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारहरूको समेत अभिनय रहेको छ ।
यो फिल्मका कार्यकारी निर्माता विजय बस्याल हुन् भने यसको निर्माणमा मिनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङले लगानी गरेका छन्। संगीतमा अर्जुन पोखरेल र महेश ताम्राकारको योगदान छ। एक्सन निर्देशन सञ्जय थापाले गरेका छन् भने छायांकन श्याम तामाङले गरेका छन्। सन्देश शाहले गरेका गरेको यो फिल्ममा निशान भट्टराई र समिक्षा अधिकारीले गाएका छन्। नीतिको यो दोस्रो फिल्म हो। यस अघि उनले ‘खजुरे ब्रो’मा अभिनय गरेकी थिइन्। 