सुचना, समाचार र मनोरन्जन

‘जदौ हजुर’ पछि आयो ‘तिमीसँग नबोली’: कत्तिको जम्ला नीति र प्रभातको जोडी?

काठमाडौँ :

फिल्म ‘जदौ’ मा समावेश ‘तिमीसँग नबोली’ बोलको प्रेम गीत रिलिज भएको छ। आइतबार हाइलाइट्स इन्टरटेन्मेन्ट (वा हाइटेक इन्टरटेन्मेन्ट) युट्युब च्यानलमार्फत उक्त गीत रिलिज गरिएको हो।

गीतमा फिल्मका मुख्य कलाकार नीति शाह र प्रभात पाल ठकुरी रोमान्टिक भावमा प्रस्तुत भएका छन्। किरण गजमेर र मनिषा सुनारको स्वर, गोपाल लोहारको शब्द र अर्जुन पोखरेलको संगीत रहेको गीतको भिडियो कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन्।

अन्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशनमा बनेको फिल्म असोज ९ गतेदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ। अन्तरजातीय प्रेम सम्बन्धको विषय उठान गरिएको फिल्मको स्क्रिप्ट निर्देशक लिम्बूले लेखेका हुन्।

यसअघि टिजर सार्वजनिक भएसँगै दर्शकमा थप कौतुहलता जगाएको फिल्ममा नीति र प्रभातका साथमा मुकुन भुसाल, ऋचा शर्मा, राजश्री थापा, विनोद न्यौपाने, नरेश पौड्याल, गीता अधिकारी, खड्कबहादुर पुन (खबपु), सुन्दर धिताल, सन्ध्या श्रेष्ठ, सुमित्रा देवकोटालगायतका कलाकारले अभिनय गरेका छन्।

यसअघि सार्वजनिक शीर्ष गीत ‘जदौ हजुर’ ले दर्शकस्रोताको मन जितिरहेको बेलामा दोस्रो गीत दर्शकमाझ ल्याइएको हो। सुन्दर लोकेसनमा छायांकन गरिएको यो गीत पनि दर्शकको प्रिय बन्ने अपेक्षा निर्माता तथा निर्देशकको छ। श्याम तामाङका साथमा नवराज उप्रेतीको समेत छायांकन रहेको फिल्मका सहनिर्माता राजाराम सुवेदी, सुमित्रा देवकोटा, दीपक पोखरेल, नारायण शास्त्री र डिल्ली पोखरेल छन्।

सृजना शर्मा र मनिष शर्मा निर्माता अनि शान्ति पुडासैनी कार्यकारी निर्माता रहेको फिल्मको प्रोडक्सन हेड बिमला भण्डारी छिन्। फिल्मलाई एनजिसिएन ग्रुपले देशव्यापी रूपमा वितरण गर्दैछ। ‘जदौ’ सम्मिश्रण मुभीज एण्ड इन्टरटेन्मेन्टले सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट प्रा.लि.सँगको सहकार्यमा निर्माण गरेको हो।

Leave A Reply

Your email address will not be published.