सुचना, समाचार र मनोरन्जन

कीर्तिपुरमा साँझपख एनपीएल हेरेर फर्कनेहरुलाई निःशुल्क बसको व्यवस्था

काठमाडौँ,

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भैरहेको दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट हेरेर घर फर्किने दर्शकलाई निःशुल्क बसको व्यवस्था शुरू भएको छ । एनपीएल हेर्ने दर्शकलाई सहज बनाउन नेपाल क्रिकेट सङ्घ ९क्यान० र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको पहलमा काठमाण्डौ उपत्यकामा निःशुल्क बसको व्यवस्था गरिएको हो ।

क्यानका अनुसार यो सुविधा एनपीएल हेर्न पुगेका तर गाडी नभएका विशेषगरी महिला, वृद्ध र अशक्तता भएका व्यक्तिले पाउनेछन् । उनीहरुका लागि चार वटा रुट निर्धारण गरी बेलुकी ६ बजेदेखि ८ बजेसम्म बस सेवा सञ्चालन हुनेछ ।

पहिलो रुटको बस त्रिवि गेट–स्वयम्भु हुँदै बालाजु जानेछ । दोस्रो रुट त्रिवि गेट–स्वयम्भु–बालाजु हुँदै महाराजगञ्ज पुग्नेछ । त्यस्तै तेस्रो रुट त्रिवि गेट–बल्खु–कालिमाटी–थापाथली–बानेश्वर–तीनकुने–गौशाला हुँदै चाबहिल पुग्नेछ । चौथो रुट त्रिवि गेट–बल्खु–सानेपा–एकान्तकुना–सातदोबाटो हुँदै कोटेश्वरसम्म पुग्ने क्यानले जनाएको छ । निःशुल्क बस सुविधा हिजोदेखि शुरू भएको हो ।

Leave A Reply

Your email address will not be published.