पोखरा,
प्याब्सन कास्कीको आयोजनामा पाँओटा मुख्य विषयहरू नेपाली, अङ्ग्रेजी,गणित, विज्ञान र सामाजिक विषयको आधारभूत तह ९ कक्षा ४ देखि कक्षा ८ सम्म अध्यापन गराउने प्याब्सन आवद्ध सस्थागत बिधालयका करिब ७०० शिक्षकहरूका लागि पोखराका तीन ओटा पार्टी प्यालेसअन्तर्गत अङ्ग्रेजी विषयको शितलादेवी पार्टी प्यालेस चापापानीमा,एस।आर।के।सी। क्याटरिङ माटेपानीमा गणित र विज्ञान, साइमन पार्टी प्यालेस सृजनाचोकमा नेपाली र सामाजिक विषयका दुईदिने तालिम दशओटा हलहरूमा सुव्यस्थित तवरले यही जेठ १५ गतेबाट सुरुवात भएका छन्।उक्त कार्यक्रममा पाठ्यक्रम विकास केन्द्र, काठमाडौँ विश्वविद्यालय , राष्ट्रिय परीक्षा बोर्ड लगायतका विषय विज्ञको सहयोग तथा सहजीकरणमा तालिम सञ्चालन गरिएको छ ।
तालिममा अङ्ग्रेजी विषयको तालिमको संयोजन अच्युत पाण्डे , नेपाली विषयको संयोजन डिल्लीराम अर्याल , गणित विषयको संयोजन खिम गुरुङ , विज्ञान विषयको संयोजन पुषपराज पौडेल र सामाजिक विषयको तालिमको संयोजन गोविन्द काफ्ले सरले गर्नुभएको छ।तालिमको शुभारम्भको क्षणमा प्याब्सन कास्कीका अध्यक्ष षडानन्द गौतम,वरिष्ठ उपाध्यक्ष विष्णुप्रसाद तिमिल्सिना,उपाध्यक्ष एवम् समग्र तालिमका संयोजक श्रीकृष्ण अधिकारी,सचिव सुरेन्द्रमान सिंह भण्डारीलगायतले आफ्ना भनाइहरू राखेका थिए ।

तालिम प्रभावकारी रूपमा विशिष्टीकरण तालिका तथा पाठयक्रमको उद्देश्यअनुरूप ज्ञान ,बोध सिप साथै उच्च दक्षता मापन गर्ने हिसाबले कसरी निमार्ण गर्ने, आन्तरिक मूल्याङ्कन कसरी पारदर्शी तरिकाले रुब्रीक्सको प्रयोग गर्ने र पोर्टफोलियो निर्माणसहित परियोजना कार्य, प्रयोगात्मक कार्यलगायतको प्रयोग गरेर कसरी प्रभावकारी तरिकाले गर्ने, विषयगत नवीनतम शिक्षण पद्धतिको प्रयोगका साथ प्रभावकारी शिक्षण कसरी गर्ने, विषयगत भाषिक सिप,विषयगत शब्दावली एवं शिक्षकका पेसागत दक्षता तथा जिम्मेवारी सम्बन्धमा तालिम केन्द्रित रहने र तालिमले शिक्षकहरूलाई प्रभावकारी शिक्षण , आन्तरिक तथा वाह्य मूल्याङ्कनलाई प्रभावकारी तरिकाले गर्न सक्षम तुल्याउनुका साथै प्याब्सन आबद्ध विद्यालयका शिक्षकहरुको पेसागत दक्षता अभिवृद्धि गर्न कोशेढुङ्गा साबित हुने कुरा प्याब्सन कास्कीका अध्यक्ष श्री षडानन्द गौतम तथा तालिमका संयोजक श्री श्रीकृष्ण अधिकारीले बताए ।
प्याब्सन कास्कीद्वारा ७ सय शिक्षकलाई ‘प्रभावकारी शिक्षण तथा मूल्याङ्कन’ विषयक दुईदिने तालिम सुरु
पोखरा, जेठ–१६ । निजी तथा आवद्ध विद्यालयहरूको छाता संस्था प्याब्सन कास्कीको आयोजनामा कक्षा ४ देखि ८ सम्म अध्यापन गराउने करिब ७ सय जना शिक्षकहरूलाई लक्षित गर्दै ‘प्रभावकारी शिक्षण तथा मूल्याङ्कन’ विषयमा दुईदिने तालिम सुरु भएको छ ।
तालिम पोखराका तीन स्थानका पार्टी प्यालेसहरूमा आयोजना गरिएको छ । अङ्ग्रेजी विषयका लागि शितलादेवी पार्टी प्यालेस (चापापानी), गणित र विज्ञानका लागि एस.आर.केसी क्याटरिङ (माटेपानी), तथा नेपाली र सामाजिक विषयका लागि साइमन पार्र्टी प्यालेस (सृजनाचोक)मा तालिम सञ्चालन गरिएको हो । तालिमको प्रारम्भ यही जेठ १५ गतेदेखि दशवटा हलहरूमा एकैपटक गरिएको छ ।
तालिममा पाठ्यक्रम विकास केन्द्र, काठमाडौँ विश्वविद्यालय, र राष्ट्रिय परीक्षा बोर्ड लगायतका विषय विज्ञहरूले सहजीकरण गरेका छन् । त्यसै गरी प्याब्सन कास्कीले विभिन्न विषयहरुमा संयोजक समेत तोकेर प्रशिक्षणलाई प्रभावकारी बनाएको छ ।
विषयगत संयोजकहरूमा अङ्ग्रेजी विषयमा अच्युत पाण्डे, नेपाली विषयमा डिल्लीराम अर्याल, गणित विषयमा खिम गुरुङ, विज्ञान विषयमा पुष्पराज पौडेल, सामाजिक विषयमा गोविन्द काफ्ले रहेका छन् ।
तालिम उद्घाटन समारोहमा प्याब्सन कास्कीका अध्यक्ष षडानन्द गौतम, वरिष्ठ उपाध्यक्ष विष्णुप्रसाद तिमिल्सिना, उपाध्यक्ष एवं तालिम संयोजक श्रीकृष्ण अधिकारी तथा सचिव सुरेन्द्रमान सिंह भण्डारी लगायतले प्रशिक्षणको उद्देश्य र महत्वबारे आफ्ना धारणा राखेका थिए ।
तालिमका मुख्य विषयवस्तुहरूमा पाठ्यक्रम उद्देश्यअनुसार ज्ञान, बोध र सिप कसरी विकास गर्ने, रुब्रिक्सको प्रयोग गरी पारदर्र्शी आन्तरिक मूल्याङ्कन, पोर्टफोलियो निर्माण, परियोजना कार्य र प्रयोगात्मक अभ्यास, विषयअनुसारको नवीनतम शिक्षण विधि र शिक्षकका पेशागत दक्षताको विकास, विषयगत भाषिक सिप र शब्दावली प्रयोग सम्बन्धी व्यवहारिक ज्ञानलगायत रहेका छन् ।
प्याब्सन कास्कीका अध्यक्ष षडानन्द गौतम र तालिम संयोजक श्रीकृष्ण अधिकारीका अनुसार, तालिमले शिक्षकहरूलाई प्रभावकारी शिक्षण विधि तथा आन्तरिक र बाह्य मूल्याङ्कन प्रणालीमा दक्ष बनाउँदै शिक्षकको पेशागत विकासमा एक कोशेढुङ्गा सावित हुने विश्वास गरिएको छ । प्याव्सन कास्कीले पहिलो पटक यति ठूलो संख्यामा शिक्षकहरुलाई तालिम प्रदान गरेको हो ।