Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- नेपाली कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधिमा ई.रामबहादुर के.सीको सशक्त उम्मेदवारी
- कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो
- नारायणगढ–मुग्लिन सडक सञ्चालनमा, पृथ्वी राजमार्ग पनि आजै सञ्चालनमा ल्याइने
- कांग्रेस सभापति थापाद्वारा राहत र उद्धारमा जुट्न निर्देशन
- भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन
- प्रवासी नेपालीद्वारा भोटेकोशी बाढीपीडितलाई दुई लाख २६ हजार अमेरिकी डलर प्रदान
- बाढी र झरिको असर पर्यटन व्यवसायमा
- भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध
- पहलमान सिंहस्वाँर मार्ग भासियो
- कालीगण्डकी करिडोरमा २०० मेगावाट विद्युत उत्पादन प्रभावित
कास्कीबाट फरार प्रतिवादी पक्राउ
गण्डकी,
जिल्ला प्रहरी कार्यालय, कास्कीले विभिन्न मुद्दाका छ जना फरार प्रतिवादीलाई आज पक्राउ गरेको छ ।
चोरीसम्बन्धी कसुरमा तीन जना, चेक अनादर, बैंकिङ कसुर र अभद्र व्यवहारमा एक÷एक जनालाई नियन्त्रणमा लिइ कैद सजाय तथा जरिवाना असुलका लागि अदालतमा पेस गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो ।
पक्राउ परेका प्रतिवादीबाट रू १३ लाख सात हजार ७२० जरिवाना रकम असुलउपर हुने उहाँको भनाइ छ । कास्की प्रहरीले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका प्रतिवादी नियन्त्रणमा तीव्रता दिँदै आएको छ । गत महिना ६६ जना प्रतिवादी पक्राउ परेका थिए ।