काठमाडौं :
नीता ढुङ्गाना निर्देशित फिल्म ‘पार्वती’तेस्रो हप्तामा सफलता पुर्वक चलिरहेको छ। दर्शकको अपार माया पाइरहेको यो फिल्मलाई शनिबार वरिष्ठ कलाकार तथा सञ्चारकर्मीले हेरेर प्रशंसा गरेका छन्।
वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठले फिल्म हेरिसकेपछि निर्देशक तथा अभिनेत्री नीता ढुङ्गानाको खुलेर तारिफ गरे। अटिजम भएकी एक युवतीको भुमिका निवार्ह गरेकी नीतालाई आफुले क्यारेक्टर र बाहिर झण्डै नचिनेको बताए।
उनले नीता ढुङगानाको अभिनयको तारिफ गर्र्दै भने,‘नीता ढुङ्गानाले यस्तो अभिनय गर्लिन भनेर अन्दाज नै गरेको थिइनँ। सुरुदेखि अन्तिमसम्म एक्टिङमा होल्ड गर्न सकेकी छन्।’
उनीहरु (अटिजम)को दिल हुन्छ,उनीहरुको पनि मन हुन्छ भन्ने कुरा यो फिल्मले सोच्न बाध्य बनाएको छ।’ उनले यो फिल्म हेर्ने दर्शकले एउटा किताब पढे भन्दा बढि शिक्षित हुने बताए। उनीसँगै फिल्म हेर्न पुगेकी मदनकृष्णकी बुहारी रिङ्कुले सबैभन्दा पहिला नीता बधाई भन्दै उनको तारिफमा समय खर्चिइन्। फिल्मको बारेमा खासै प्रशंसा नगर्ने रिङ्कुले यसमा भने नीतालाई बधाई दिइन्।
‘सबैभन्दा पहिला बधाई नीतालाई,‘उनले भनिन्,‘एकदमै गाह्रो विषय,समाजमा घटिरहने चिजहरु फिल्मको पर्दामा थियो। फरक क्षमता भएको घरमा घटिरहने घटना,जस्तै आमा बुबा साथमा भए पनि समाजले कस्तो भुमिका खेल्दो रहेछ भन्ने कुराले मलाई दमै टचि भाको थियो।’ संविधानविद् तथा वरिष्ठ अधिवक्ता भिमार्जुन आचार्यले फिल्म हेरेर बाहिर निस्किदा निकै भावुक देखिन्थेँ। उनले फिल्म हेरेपछि मिडियाकर्मीसँगको कुराकानीमा उनले नीता ढुङ्गानाले अभिनय गरेकोमा समय खर्चिए।
‘यो फिल्ममा नीता ढुङ्गानाले जुन अभिनय गर्नु भएको छ। यो लेवलको एक्टिङ मैले देखेकै छैन,’उनले भने,‘यस्तो फिल्मको म्यासेज एकदमै महत्वपुर्ण छ। किनभने यो विषयवस्तु रोज्नुहुने टिमको लागि जोखिम थियो।’ अर्का चर्चित हास्यकलाकार किरण केसी(रातामकै)ले यो फिल्मको कथावस्तु नै एकदमै बलियो लागेको बताए। निकै भावुक बनेका उनले नीता ढुङ्गानाको अभिनयमा समय खर्चिए।
उनले भने,‘यो फिल्मको कथावस्तु नै एमदमै बलियो,साथै निर्देशन पक्ष पनि एकदमै बलियो लाग्यो। नीताले आफुले आफैलाई डाइरेक्सन गरेर त्यो पात्रको ट्राकमा,दर्शकलाई समातेर सेकेण्ड सेकेण्डमा रुवाउन सक्ने क्षमता यिनले गरेकी छन्।’
उनले आफ्नो हातमा कुनै पावर भएको भए क्यानडाको कान्स अवार्डमा पठाउन सक्थेँ,भन्दै उनले फिल्मको प्रशंसा गरे। फिल्म हेर्न अभिनेता जीतु नेपाल,सञ्चारकर्मी प्रकाश सुवेदी,नरेश भट्टराई लगायतले पनि फिल्मको प्रशंसा गरेका थिए। गत भदौ १२ गते रिलिज हुने यो फिल्ममा मुख्य कलाकार नीता ढुंगाना र अशोक दर्जी रहेका छन्। जहाँ अटिजम भएकी दिदी र भाइको भावनात्मक सम्बन्धलाई फिल्मको कथा बनाइएको छ। अटिजम भएकी छोरीलाई समाजले हेर्ने नजर र बुवाआमाले भोग्नुपरेको सास्तीलाई दर्शकले मन पराएका हुन्। नीता ढुंगानाकै निर्देशन तथा अभिनयमा बनेको यस फिल्म हेर्ने दर्शकबाट तारिफ तथा माया पाइरहेको छ।
फिल्ममा नीता र अशोकसहित दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल, दिप्त प्रकाश अधिकारीलगायतको मुख्य अभिनय रहेको छ।निर्देशक ढुंगानाकै कथा तथा पटकथा रहेको फिल्मको स्क्रिप्ट भने शिवम् अधिकारीले लेखेका हुन्। सुदीप बरालको छायांकन रहेको फिल्मको नृत्य निर्देशन रामजी लामिछानेको छ। फिल्मको प्रोडक्सन म्यानेजर र कार्यकारी निर्माता शंकर पाण्डे हुन् भने निर्मातामा हरिहर अधिकारी रहेका छन्।