राष्ट्रिय परोपकार महासङ्घ नेपालको १७ औँ वार्षिकोत्सव एवम् साधारण सभा कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा नं १५ का वडा प्रमुख तोरण बॅानियाज्यूको विशेष आतिथ्यतामा रहेको थियो ।
सो अवसरमा संस्थाका अक्षयकोष दाता, आजीवन सदस्य, केन्द्र, जिल्ला, नगर , इकाईका पदाधिकारीहरू , शुभचिन्तकज्यूहरूको उपस्थिती बिच औपचारिक कार्यक्रम सहित प्राकृतिक पुल ढुङ्गेसाँघुमा राष्ट्रिय परोपकार महासंघ द्वारा निर्मित सेतिगण्डकीको अवलोकन समेत गरेका थिए।

राष्ट्रिय परोपकार महासंघ नेपालका संरक्षक अध्यक्ष गुरूदेव कमल नयन गौतमको सक्रियतामा निर्माण गरिएको उक्त स्थलको आफ्नै धार्मिक, सॅास्कृतिक महत्व रहेको साथै पर्यटकीय हिसाबले अवलोकनका लागि समेत उपयुक्त छ । सेतिगण्डकीको नजिकबाट अवलोकनका लागि भ्यूपोइन्टहरु निर्माण गरिएका छन् । जहाँबाट सजिलै र सुरक्षित तवरले सेतिगण्डकीको दर्शन गर्न सकिन्छ ।
