सुचना, समाचार र मनोरन्जन

मनसुनमा बढे पर्यटक, अगस्टमै ८८ हजार बढी

काठमाडौँ,

सन् २०२५ को मनसुनमा पर्यटक आगमन बढेको छ । अगस्ट महिनामा मात्र ८८ हजार ६ यस ८० पर्यटक नेपाल आएका छन् ।

नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार गत वर्षको तुलनामा यस वर्ष अगस्टमा २२ प्रतिशत पर्यटक बढेका छन् ।

बोर्डको तथ्यांक अनुसार भारतबाट ३५ हजार ५ सय ५ अर्थात् ४० प्रतिशत भित्रिएका छन् । चीनबाट ७ हजार ५ सय ३३ अर्थात् ८.५, अमेरिकाबाट ६ हजार ६८ अर्थात् ६.८ प्रतिशत, श्रीलंकाबाट ५ हजार ९ सय ५६ अर्थात् ६.७ र बंगलादेशबाट ४ हजार २ सय ६२ अर्थात् ४.८ प्रतिशत पर्यटक भित्रिएका छन् ।

२०२५ जनवरीदेखि अगस्ट ८ महिना अवधिमा ७ लाख ३६ हजार ५ सय ६२ पर्यटक भित्रिएका छन् । बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार क्षेत्रगत हेर्दा दक्षिण एसियाली (सार्क) देशबाट ४७ हजार १ सय ३७ अर्थात् ५३ प्रतिशत आगमन भएको देखिन्छ भने एसियाका अन्य देशबाट १५ हजार ७ सय ७७ अर्थात् १७.८, युरोपबाट ११ हजार १ सय ३२ अर्थात् १२।६ र ओसेनियाबाट २ हजार ४ सय ३५ अर्थात् २.७ प्रतिशत पर्यटक भित्रिएका छन् ।

त्यसैगरी अमेरिकाबाट ७ हजार २ सय ९३, मध्यपूर्वबाट ९ सय ४४, अफ्रिकाबाट ३ सय २२ र अन्य देशबाट ३ हजार ६ सय ४० पर्यटक आगमन भएको छ ।

गत जुलाईमा ७० हजार १ सय ९३ पर्यटक भित्रिएका थिए । कोरोना महामारीले थला परेको नेपालको पर्यटन क्रमशस् पुनरुत्थान क्रममा रहेको बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताए ।

Leave A Reply

Your email address will not be published.