सुचना, समाचार र मनोरन्जन

पल शाह र कोमल नेपालीको जोडी बिशाल सोनीको ‘स्याउलि बजारमा’

काठमाडौँ :

पछिल्लो समय चर्चामा रहेका गायक बिशाल सोनी र गायिका शान्तारानी परियारको स्वरमा नयाँ गीत सार्वजनिक गरिएको छ। ‘तानातान हानाहान स्याउलि बजारमा’ बोलको गीत हालै सार्वजनिक भएको हो।

बिशाल सोनी र शान्तारानी परियार दुवै पछिल्लो समय छोटो अवधिमै लोकप्रिय बनेका कलाकार हुन्। यद्यपि उनीहरूको सांगीतिक यात्राको संघर्ष एक दशकभन्दा लामो रहेको छ। बिशाल सोनीलाई सात महिनाअघि सार्वजनिक भएको ‘मकै बारी दर्याम दर्याम’ गीतले चर्चा दिलाएको थियो भने शान्तारानी परियारलाई एक वर्षअघि आएको ‘मत ढले ढले’ गीतले चर्चामा ल्याएको थियो। पछिल्लो समय दुवै कलाकारलाई दर्शकले रुचाउँदै आएका छन्।

Gandarbha

नयाँ गीतको हुकलाइन बिशाल सोनीकै रहेको छ भने शब्द लोकप्रिय गीतकार नेत्र अर्यालले लेखेका हुन्। गीतमा नन्दु परियारको संगीत तथा एरेन्ज एचबिएन किस्मतले गरेका छन्।गीतको भिडियो रमाइलो शैलीमा निर्माण गरिएको छ। भिडियोमा नेपाली चलचित्र क्षेत्रका लोकप्रिय अभिनेता पल शाह नृत्यमा देखिएका छन्। उनलाई मोडल कोमल नेपालीले साथ दिएकी छन्।

यसअघि केही म्युजिक भिडियोमा काम गरिसकेकी कोमल नेपालीले अनुभवका कारण यस गीतमा थप मिहिनेत गरेको बताएकी छन्। पल शाहसँग सहकार्य गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया पनि उनले दिएकी छन्। भिडियोमा गायक बिशाल सोनी स्वयं पनि मोडलिङमा देखिएका छन्। नवराज उप्रेतीले छायांकन गरेको भिडियो मिलन विश्वकर्माले सम्पादन गरेका हुन्। भिडियोको निर्देशन मौसम हिमालीले गरेका हुन्।

Leave A Reply

Your email address will not be published.