काठमाडौं :
गत भदौ २६ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘पेन्सन पट्टा’ पाँचौ हप्तामा प्रदर्शन भइरहेको छ। गत सोमबारसम्म ९ करोडभन्दा माथीको व्यापार गरेको यो फिल्मलाई दर्शकको साथ भरपुर देखिन्छ।
फिल्मले पाँचौ हप्तामा प्रवेश गरेसँगै निर्देशक तथा कलाकार माओत्से गुरुङले दर्शकलाई धन्यवाद दिएका छन्। उनी सामाजिक सञ्जालमा लेख्छन्,‘पाचौं हप्ता सम्मको यात्रा तय गर्न यहाँहरुले दिएको साथ , सहयोग र हौसलाप्रती हामी आभारी छौँ।’

यस फिल्ममा दिवंगत बाबुको पेन्सनपट्टामा आमाको नाम नमिल्दा भाग्नु परेको झन्झटका साथै लाहुरे परम्पराले परिवार, सम्बन्ध र समाजमा पारेको प्रभावको कथालाई प्रस्तुत गरिएको छ। फिल्ममा दयाहाङ राई, गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, पुष्कर बहादुर गुरुङ, स्वर्गीय सुनील थापा, लुनीभा तुलाधर, सुरज तामु, डिबी गुरुङ, प्रतिक्षा गुरुङ, सोल गुरुङलगायतको अभिनय रहेको छ।
सुशन प्रजापतिको छायांकन रहेको यस फिल्ममा , मनोज थापा मगर, शिव बराइली र सुरज तमुको संगीत, निमेश श्रेष्ठ र केर डी. कोइन्च लिनुचको सम्पादन, सुरज तामु र केर डी. कोइन्च लिनुचको सह–लेखन र राजेन्द्र मोक्तानको कलर ग्रेडिङ छ।
मीन कोन्मे गुरुङ (सिकलेस), भोज बहादुर गुरुङ (यूके), माया गुरुङ र सपना गुरुङले निर्माण गरेको यो फिल्ममा निर्देशक गुरुङकै कथा छ।