Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- दश बुँदे घोषणापत्र जारी गर्दै ‘बन्दीपुर गाउँ पर्यटन मार्ट’ समापन
- पूर्वेली लोकलयमा ‘करुवाको पानी’
- मिडियालाई उद्योगका रूपमा स्थापित गरौँ, कन्टेन्टमा सम्झौता नगरौँ : मुख्यमन्त्री पाण्डे
- फिल्म ‘तिमी मेरो म तिम्रो’ निर्माणको घोषणा,भुवन केसी पनि जोडिए
- विधिमाथि शासन हुटहुटी कि हठ ?
- विधिमाथि शासन हुटहुटी कि हठ ?
- गुहेश्वरीमा ‘अक्षरा’को शुभमुहूर्त, बिनयराज पौडेलको निर्देशन डेब्यु
- ‘एक मुठ्ठी बादल’को ‘रेल घुम्यो घुम्तीमा’ लिरिकल र्याप भर्सन सार्वजनिक
- सुरक्षा पन्त उत्कृष्ट अभिनेत्री, नाजीर हुसेन पनि सम्मानित
- रितेशको फिल्म ‘राजा शिवाजी’ नेपालमा पनि प्रदर्शन
एघार अर्ब ५२ करोडको पेट्रोलियम पदार्थ आयात
झापा,
चालु आर्थिक वर्ष २०८२÷८३ को माघ मसान्तसम्ममा पूर्वी नाका काँकडभिट्टाबाट रु ११ अर्ब ५२ करोड २६ लाख ४६ हजार मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पूर्वी नाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टितेल आयात भएको हो।
मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार आव २०८१÷८२ को सोही अवधिको तुलनामा रु ६० करोड २० लाख १० हजारले पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको छ । आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजश्व छ दशमलव ७० प्रतिशतले बढेको सूचना अधिकारी हुमागाईंले जानकारी दिए ।
कार्यालयको तथ्याङ्कअनुसार चालु आवको सात महिनामा पेट्रोलियम पदार्थ आयातबाट रु पाँच अर्ब ६३ करोड ४५ लाख ७३ हजार राजस्व सङ्कलन भएको छ । उक्त अवधिमा रु पाँच अर्व ५३ करोड ४१ लाख मूल्य पर्ने ६२ हजार ९३२ किलोलिटर पेट्रोल आयात भएको थियो । यसैगरी रु तीन अर्ब ८१ करोड २८ लाख मूल्य पर्ने ४० हजार ३५२ किलोलिटर डिजेल आयात भएको छ ।
त्यस्तै उक्त सात महिनाको अवधिमा रु एक अर्ब ४६ करोड ३१ लाख मूल्य पर्ने १४ हजार ९९९ मेट्रिकटन एलपी ग्यास, रु ४३ करोड ५८ लाख मूल्य पर्ने चार हजार ७३६ किलोलिटर एटिएफ र रु ११ करोड ३० लाख मूल्य पर्ने एक हजार २१२ किलोलिटर मट्टितेल आयात भएको सूचना अधिकारी हुमागाईंले जानकारी दिए ।