बेइजिङ,
चीन भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश प्रस्थान गरेका छन् । गत शनिबार चीन भ्रममा गएका ओली बुधबार स्वदेश प्रस्थान गरेका हुन् ।
चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङ,उपराष्ट्रपति हान चङ्ग,रुसी राष्ट्रपति भ्लादिमिर पुटिन लगायतसँग भेटवार्ता गरेका थिए।
एससिओ शिखर सम्मेलनका दौरान ओलीले विभिन्न मित्रराष्ट्रहरूका राष्ट्र तथा सरकार प्रमुखहरूसँग द्विपक्षीय भेटवार्ता समेत गरेका थिए ।
भेटवार्तामा नेपाल र ती मुलुकबिचमा द्विपक्षीय एवं अन्य प्राथमिकताका विषयमा छलफल भएको बताइएको छ ।
शाङ्घाई सहयोग सङ्गठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन उनी चीन प्रस्थान गरेका थिए ।