सुचना, समाचार र मनोरन्जन
Sarankot Dham

स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा पोखरा महानगर उत्कृष्ट

पोखरा/
पोखरा महानगरपालिका देशभरका महानगरपालिकाहरुको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा उत्कृष्ट बन्न सफल भएको छ । सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०–८१ को कार्यसम्पादन मूल्यांकनमा पाेखरा उत्कृष्ट बन्न सफल भएको हो ।

९३.५ प्रतिशत अंक सहित पोखरा पहिलो भएको हो । काठमाडाैं महानगरपालिका ८२.७५ प्रतिशत अंक सहित दाेस्राे स्थानमा छ ।

sfal

महानगर कार्यपालिका, प्रमुख प्रशासकीय अधिकृत तथा सम्पूर्ण कर्मचारीको प्रयासले सफलता हासिल गरेको पोखराका मेयर धनराज आचार्यले बताए । उनले कर्मचारी, नागरिक तथा सरोकारवालालाई धन्यवाद व्यक्त गरेका छन् ।

कार्यसम्पादन मूल्यांकनमा महानगरपालिकाको सेवा प्रवाह, पारदर्शिता, दिगोपन कार्यहरुका आधारमा मूल्यांकन गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.