पोखरा ,
नेपाल मणिपाल शिक्षण अस्पातल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालय बिच विमानस्थल क्षेत्रमा प्राथमिक स्वास्थ्य उपचार सेवा प्रदान गर्ने साथै विमानस्थलमा कार्यरत कर्मचारीलाई कर्पोरेट स्वास्थ्य परीक्षण सुबिधा प्रदान गर्ने सहमति भएको छ ।
अस्पतालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा आवतजावत गर्ने यात्रुहरुको स्वास्थ्यमा ध्यान राखी विमानस्थल क्षेत्रमा यात्रुलाई आकस्मिक स्वास्थ्य समस्या आएको खण्डमा तुरुन्त सोहि स्थानमा प्राथमिक उपचार दिन स्वास्थ्यकर्मी, आवश्यक औषधि तथा उपकरण सहित प्राथमिक उपचार केन्द्र राख्ने भएको छ । यस बाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आवतजावत गर्ने यात्रुहरुलाई कुनै पनी स्वास्थ्य समस्या आए तुरुन्त प्राथमिक स्वास्थ्य उपचार प्रदान गर्न सकिने छ साथै सोहि सहमति संगै अस्पतालले ल्याएको नयाँ स्वास्थ्य प्याकेज अन्तर्गत ‘ब्यबसायीक प्रतिष्ठान तथा संघ, संस्था स्वास्थ परिक्षण योजना’ अन्तर्गत विमानस्थलमा कार्यरत कर्मचारीलाई विभिन्न स्वास्थ्य परीक्षण सुबिधा प्रदान गर्ने भनी नेपाल मणिपाल शिक्षण अस्पताल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिच सहमति भएको हो । मणिपाल शिक्षण अस्पताल पोखराका प्रमुख कार्यकारी अधिकृत अनिल अडुविल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तर्फबाट विमानस्थल संचालन महाशाखा प्रमुख उप निर्देशक जसोदा सुवेदीले सहमती पत्रमा हस्ताक्षर गरेका छन ।
मणिपाल शिक्षण अस्पातलले नागरिकहरुको स्वास्थ्यको ख्याल राख्दै बिभिन्न प्रकारका स्वास्थ्य परिक्षण योजनाहरु समेत ल्याएको छ ।