सुचना, समाचार र मनोरन्जन

पोउवा संघको नवनिर्वाचित समितिलाई इलेक्ट्रो मेकानिकल संघको बधाइ

पोखरा :

इलेक्ट्रो मेकानिकल संघ कास्कीले सोमबार पोखरा उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिलाई बधाइ ज्ञापन गरेको छ। इलेक्ट्रो मेकानिकल संघ नेपाल कास्की २०५९ साल असोज ६ गते स्थापना भएको विद्युतीय सामानहरु मर्मत गर्ने कर्मवीरहरुको साझा संगठन हो।

यो संस्थामा हाल १५६ जना सदस्य संगठित छन् भने तीमध्ये कास्कीमा मात्रै १२५ सदस्य क्रियाशिल रहेको अध्यक्ष बलभद्र नकर्मीको भनाइ छ
कार्यक्रममा इलेक्ट्रो मेकानिकल संघ कास्कीका अध्यक्ष बलभद्र नकर्मीले पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष शोभा गौतमसहित पदाधिकारी तथा कार्यसमितिलाई खादा र टीका लगाएर बधाइ ज्ञापन गरेका थिए।

स्वागत तथा बधाइ ज्ञापन कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष शोभा गौतमले विद्युतीय सामग्रीलाई चुस्त दुरुस्त राख्ने इलेक्टो मेकानिकहरुले प्रदान गर्ने सेवा यहाँका उद्योग,पर्यटन तथा वाणिज्य सवै क्षेत्रका निम्ति आवश्यक भएको बताउँदै इलेक्ट्रो मेकानिकका समस्या पोखरा उद्योग वाणिज्य संघको पनि समस्या भएको बताइन्। उनले दक्ष जनशक्ति उत्पादनका तथा इलेक्ट्रो मेकानिकल संघमा आवद्ध सदस्यहरुको दक्षता अभिवृद्धिका निम्ति संघले सक्दो सहयोग गर्ने वचन पनि दिइन्।

Protin

 कार्यक्रम तथा इलेक्ट्रो मेकानिकल संघ कास्कीका अध्यक्ष बलभद्र नकर्मीले संघको स्थापनादेखि  हालसम्मका गतिविधि एवं पोखरा उद्योग वाणिज्य संघसँगको सहकार्यबारे चर्चा गर्दै आउँदा दिनमा सहकार्यको परम्परा अझ मजबुत हुने अपेक्षा व्यक्त गरे।पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेशचन्द्र बास्तोलाले विद्युतीय सामग्रीहरुको सही प्रयोग तथा त्यसको मर्मतका निम्ति विद्युतीय सामान मर्मत गर्ने प्राविधिहरुले दिएको योगदान अतुलनीय रहेको बताए।

 संघका महासचिव सुदीप प्रधानाङ्गले विद्युतीय सामान मर्मत, प्लम्बिङलगायतका क्षेत्रमा दक्ष जनशक्तिको अभाव रहेको तथ्य पेश गर्दै यस्तो जनशक्ति उत्पादनमा सहकार्य गर्न सकिने धारणा राखे। इलेक्ट्रो मेकानिकल संघ कास्कीका उपाध्यक्ष माधव तिवारीले धन्यवाद ज्ञापन गर्ने क्रममा पोखरा उद्योग वाणिज्य संघले आफ्नो दायरा फराकिलो बनाउँदै इलेक्ट्रो मेकानिकहरुलाई समेट्न आग्रह गरे।

 इलेक्ट्रो मेकानिकल संघका महासचिव रेशम गुरुङको संचालन रहेको कार्यक्रमकै दौरानमा यही असोज १ र २ गते काठमाडौंमा आयोजना हुने उच्चस्तरको प्राविधिक तालिमका लागि छानिएका संस्थाका सदस्यहरु हजरत बाला अन्सारी,हरि न्यौपाने,सोम गुरुङ तथा मदनकुमार थापालाई बधाइसहित बिदा गरिएको थियो।

Leave A Reply

Your email address will not be published.