सुचना, समाचार र मनोरन्जन

प्रवेश पौडेलको रत्यौली गीत ‘आँधीखोले माया’मा पशुपति शर्मा र रश्मी

काठमाडौं :

मौलिक रत्यौली गीत ‘आँधीखोले माया’ आज सार्वजनिक भएको छ। गायक पशुपति शर्मा र गायिका रेश्मी सेन्चुरीको आवाज रहेको योगीतको भिडियो रिलिज भएको हो।प्रवेश पौडेलको शब्द र सङ्गीत रहेको गीतको सङ्गीत संयोजन दिवस थापा मगरको छ।

प्रबिन थापाले निर्देशन गरेको भिडियोमा उषा उप्रेती र स्वयं गायक शर्माको आकर्षक नृत्य देख्न सकिन्छ। वैवाहिक समारोहमा सरिक हुन् आएका युवा युवती बिच विवाह अवधिभरमा कसरी एक अर्का प्रति आकर्षण हुन्छ र कसरी आकर्षण प्रेममा रूपान्तरित हुन्छ भन्ने कुरालाई भिडियोमा कलात्मक रूपमा निर्देशक थापाले उतारेका छन्। लामो समयदेखि प्रवासमा रहेर पनि नेपाली गीतसङ्गीतमा निरन्तर लगानी गरिरहेका सञ्चारकर्मी तिलु शर्मा पौडेलले गायिका सेन्चुरी सँग मिलेर गीतको निर्माण गरेका हुन् ।

गीतमा स्वर दिएकी सेन्चुरी पनि वैदेशिक रोजगारको सिलसिलामा कतारमा बस्दै आएकी छन्। तारमा साप्ताहिक रूपमा आयोजना हुने सांस्कृतिक कार्यक्रमहरूमा नियमित रूपमा आफ्नो प्रस्तुति दिँदै आएकी उनले वैदेशिक भूमिमा रहेर पनि गीतसंगीत भन्दा बाहिर रहन सकेकी छैनन्। बाबा इन्टरटेनमेन्ट टिभीको युट्युब च्यानल मार्फत बुधवार सार्वजनिक भएको यो गीतले नेपाली लोक संगीतप्रेमी दर्शकहरूको मन जित्ने विश्वास निर्माण टिमको छ।

Leave A Reply

Your email address will not be published.