सुचना, समाचार र मनोरन्जन

दर्शकसँग साक्षात्कार गर्न हलमा पुगेका प्रदीप खड्कालाई गालैमा चुम्मा

काठमाडौं :

हलमा फिल्म हेर्न पुगेका दर्शकले आँखै अगाडि आफुलाई मन पर्ने सेलिब्रेटी देखे भने के हुन्छ? कि त उसले फोटो भिडियो खिच्छ या अगाँलो हालेर आत्मियता दर्शाउछ। यसै भएको अभिनेता प्रदीप खड्काको केसमा।

शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘पिताम्बर’ टिम हिजैबाट हल भिजिटमा निस्केका छन्। दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्न र फिल्मको बारेमा बुझ्न हलमा पुगेका अभिनेता प्रदीप खड्का,दिव्या रायमाझीदेखि निर्देशक कृषा चौलागाईंसम्म पुगेका छन्। शनिबार (आज)सार्वजनिक बिदा भएकाले पनि दर्शकहरु फिल्म हेर्न हलमा बाक्लै उपस्थिति देखिन्थ्यो। यही समयमा दर्शक भेट्न हलमा पुगेको अभिनेता खड्कालाई केहि उनका फ्यानहरुमा कसैले जुरुक्कै काँधमा बोके भने एक दर्शकले त उनलाई चुम्मै खाए।

ति दर्शकले प्रदीपको अभिनय मन परेको भन्दै गालामा चुम्मा खाए। दर्शकको यो चुम्माले थप उत्साहित बनेका प्रदिपले यो दर्शकको माया हो। उत्साह हो। भन्दै प्रतिक्रिया दिए। प्रदिपले भने,’खासमा म आफैले चलचित्र हेर्न पाएको छैन। यस्तो अन्तरवार्ताहरूमा बोल्दाबोल्दै कथा खुलाउदिन्छन भनेर होला कृषा दिदिले फिल्म नै हेर्न दिनु भएको छैन। दर्शकको प्रतिक्रियाले आफैलाई एक चोटि फिल्म हेर्न मन छ। मलाई त फिल्ममा पिताम्बर को हो भन्ने समेत थाहा छैन।’

कति दर्शकहरु ‘पिताम्बर २’ चाहियो भन्दै कराउँदै निस्किएको भिडियोहरु समेत बाहिर आएका छन्। दिव्या रायमाझी, दिव्यदेव पन्त, अनुप विक्रम शाही, प्रमोद अग्रहरी लगायतमा दर्शकको प्रतिक्रियाले उत्साहित भएको बताए।

दर्शकको भिड हलमा देखेपछि फिल्मकी निर्देशक चौलागाईंको खुशीको सिमा कति छ भनेर ठम्याउन सकिदैन थियो। उनले मिडियासँगको कुराकानीमा यो फिल्मप्रतिको विश्वाय भएको दाबी गरिन्। उनले भनेकी छन्,‘चलचित्रप्रति विश्वास थियो नै। यद्यपि, दर्शकको सकारात्मक प्रतिक्रियाले झनै खुसी बनाएको छ।’

कृषा चौलागाईं निर्देशित यस फिल्ममा  विशाल चौलागाईं निर्माता रहेको यस फिल्ममा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता, सुमन गौतम कार्यकारी निर्माता, प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको डीओपी रहेको छ।

यस फिल्ममा प्रदीपका अलवा दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरी, आर्यन सिग्देल, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यादेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रवीन्द्र भट्टराईको अभिनय छ।

त्यसैगरि शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायाङ्कन, बन्दे प्रसादको सम्पादन र ट्रेलर, समीर मिया र सत्यम रानाको भीएफएक्स, आशीष अविरल र बाबुल गिरीको सङ्गीत र हिमाल केसीको द्वन्द्व छ।

Leave A Reply

Your email address will not be published.