Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- चोट र चुनौती चिर्दै ‘सिन्दुरे जात्रा’को सुटिङ सम्पन्न,‘पूर्णबहादुरको सारङ्गी’ फेम्ड टिमको दोस्रो जादु कस्तो होला ?
- सिड्नीमा ‘मालती मंगले’को प्रिमियरमा दर्शकको ओइरो,८ गीत गाएर रामकृष्णले जिते मन
- सौगातले गरे ‘पञ्चमी’ निर्माणको घोषणा, उपन्यासबाटै बन्दैछ साइकोलोजिकल मिस्ट्री थ्रिलर
- दिव्याको ‘बेहुली’को गीत ‘दिलमा ठाउँ छ’जताततै चर्चा,निर्माण टिम हर्षित
- गुरुपुर्णिमाको अवसरमा ‘पार्वती’को दर्शकलाई टिजर उपहार, टिजरमा दिदीभाईको कारुणिक कथा
- गौरी, तृप्ति र रेखाको फिल्म ‘ककाकिकी’को लिरिकल थेम गीत सार्वजनिक
- पोखरामा सार्वजनिक भयो प्रोटोन इ.मास ५, सुरुवाती मूल्य २९.९९ लाख
- आश्रयविहीनहरूको सहारा बन्दै मानवसेवा आश्रम
- नेप्से परिसूचक सामान्य अङ्कले घट्यो
- सर्वोच्चले भन्यो “चार प्रकृतिका मुद्दाको प्रत्यक्ष प्रशारण नगर्नु”
फिल्म ‘आ बाट आमा’मा प्रदीप रावत अनुबन्ध , पलको बुबाको भुमिका गर्दै
काठमाडौं :
तेलुगु, हिन्दी र तमिलका अभिनेता प्रदीप रावत नेपाली फिल्म ‘आ बाट आमा’मा अनुबन्ध भएका छन्। चन्द्र पन्तको निर्देशनमा बन्न लागेको यस फिल्ममा अनुबन्ध भएका हुन्। निर्देशक पन्तले प्रदीप रावतलाई फिल्ममा अनुबन्ध गरेको बताए।
उनले भने,‘आ बाट आमा’मा प्रदीप रावतलाई अनुबन्ध गरेका छाँै।उहाँ यो फिल्ममा पल शाहको बुबाको भुमिकामा हुनुहुने छ। नितान्त नेपाली लोकमा नेपाली स्टायलको भुमिका निवार्ह गर्दै हुनुुहन्छ।’ नेपाली फिल्ममा काम गर्न आफु निकै उत्साहित रहेको बताए। अभिनेता रावतले यसअघि ‘ह्रस्व दीर्घ’मा अभिनय गरेका थिए। जसमा अभिनेत्री नीता ढुङगानाको बुबाको भुमिका निर्वाह गरेका थिए। जुन क्यारेक्टरलाई दर्शकले मन पनि पराएका थिए। यस फिल्ममा भने उनी पलको बुबाको भुमिकामा अभिनय गर्न लागेका हुन्। निर्देशक चन्द्रले नै निर्देशन गरेको फिल्म ‘माई’ र ‘ह्रस्वदीर्घ’मा अभिनय गरेका थिए।
यस फिल्ममा यसअघि विपना थापा,पल शाह अनुबन्ध भइसकेका छन्। चन्द्र पन्तकै निर्देशनमा बनेको फिल्म ‘ह्रस्वदीर्घ’बाट विपनाले १६ वर्षपछि नेपाली रजतपटमा पुनरागमन गरेकी थिइन्। उनै निर्देशक पन्तको दोस्रो फिल्ममा पनि सहकार्य गर्न लागेकी हुन्। फिल्मको स्क्रिप्ट अभिमन्यू निरवीले तयार पारेका हुन भने फिल्मको भदौबाट फ्लोरमा तयारी निर्माण पक्षको छ।
फिल्ममा प्रदीप,विपना र पलका साथमा अन्य कलाकारहरुलाई निर्माण पक्षले अनुबन्ध गर्ने काम गरिरहेको छ। अन्य कलाकार र प्राविधिकको पनि टुंगो छिट्टै लाग्ने निर्देशक पन्तको भनाई छ। थिम पोस्टर दुई साता अघि सार्वजनिक भएको थियो। निर्देशक पन्तले यो फिल्मको प्रदर्शन मिति समेत तोकिसकेका छन्। उनका अनुसार यो फिल्म आगामी फागुन १५ गतेबाट प्रदर्शनमा आउने छ।
तस्बिर : सुरेन्द्र थापा