सुचना, समाचार र मनोरन्जन

दर्शकलाई राजनीतिक फिल्म हो भनेर कहीँ पनि महसुस हुनै दिँदैनौं : प्रदीप भट्टराई

काठमाडौं :

नाम चलेको फिल्मका निर्माता निर्देशकले त्यसैलाई खण्ड खण्ड गरेर फिल्म निर्माण गर्ने गरेका छन्। एउटै नामबाट थुप्रै सिक्वेल बनाउने गरेको उदाहरणहरु प्रशस्त रहेका छन्। निर्देशक प्रदीप भट्टराईले निर्माण गरेको फिल्म ‘जात्रा’ श्रृंखला अहिले पनि जारी छ। यसैको तेस्रो सिक्वेल ‘महाजात्रा’ यही चैत ९ गतेबाट प्रदर्शनमा आउँदैछ ।

निर्देशक प्रदीप भट्टराईले फिल्मको सिक्वेल तान्न निकै गाह्रो पर्ने गरेको बताए। उनले अघिल्ला श्रृंखलामा जस्तै ‘महाजात्रा’मा पनि पैसा र सुन वरिपरी घुमेको थियो। यस पटक भने राजनीति घुसाएको प्रष्ट फिल्मको ट्रेलरमा देखिन्छ।

सोमबार पत्रकार सम्मेलनमा उनले फिल्मको कथामा कहीँ कतै राजनीतिको सेरोफेरोमा बनेको फिल्म हो भन्ने महशुस नुहने बताए। पत्रकारको प्रश्नको जवाफमा उनले भनेका छन्,‘दर्शकलाई राजनीतिक फिल्म हो भनेर हामीले कहीँ पनि महसुस हुनै दिँदैनौं ।’

Leave A Reply

Your email address will not be published.