काठमाडौं :
गायक गायिकाहरु कहिलेकाँही अन्तरवार्तामा मायाका बारेमा बोल्दै आएका छन्। माया गर्दाका अनुभवहरु सुनाउँदै आएका पनि देखिन्छन्। तर यता गायक प्रताप दास र सुमी पराजुलीको आफ्नै स्वरमा ‘माया गर्ने तरिका’ गीतमार्फत सुनाएका छन्। जुन गीतको भिडियो समेत सार्वजनिक भएको छ।
यादव लम्सालको शब्द, अर्जुन पोख्रेलको संगीत र नरेश विविसीको मिक्सिङरमाष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । मुस्कान ढकालको निर्देशन रहेको प्रेम भावको गीतको भिडियोमा रमेश विश्वकर्मा,कविता नेपाली,दीपज्योति थापा,प्रकाश सुनार,दीपक पराजुली,पार्वती पराजुलीलगायतको अभिनय छ।
उत्तम हुमागाईं र टिमको छायांकन रहेको गीतको भिडियोमा विकास दाहालको सम्पादन छ। भिडियो सुमी पराजुलीको अफिसियल युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।