सुचना, समाचार र मनोरन्जन

प्रिती आले र कस्तुप पन्तको ‘मनमा पिर भएनी नाँचिन्छ’ सार्वजनिक

काठमाडौँ :

नेपाली सांगीतिक क्षेत्रका सुप्रसिद्ध गीतकार तथा सङ्गीतकार कस्तुप पन्तले ‘मनमा पिर भएनी नाँचिन्छ’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । विशेषतः मर्मश्पर्शी गीत सिर्जनामा जमेका पन्तले यसपटक डान्सिङ बिटको रमाइलो गीतको भिडियो सार्वजनिक गरेका हुन्।

गीतमा चर्चित गायिका प्रिती आलेले स्वर दिएकी छिन्। रमेश सेन्चुरीले म्यूजिक एरेन्ज गरेका हुन्। मारुनी डिजिटलमा रेकर्ड गरिएको गीतको मिक्सिङ तथा मास्टरिङ कुमार रानाले गरेका हुन्। उक्त गीतमा गायिका प्रिति आलेले स्वर र अभिनय रहेको छ।

Chaka Panja

गीत सुन्दा जति जोशिलो छ, प्रिति आलेले गीतको भावअनुसारकै जीवन्त र लोभलाग्दो नृत्य प्रस्तुत गरेकी छन् । स्मृती तिमिल्सिना ‘गुरुआमा’को निर्देशन र कोरियोग्राफीमा रहेको भिडियोमा विकास आले मगर र भागिरथा गाहा मगरले एसिस्टेन्ट कोरियोग्राफीको भूमिका निर्वाह गरेका छन्। करण चैसिरले छायांकन गरेको भिडियोलाई नविन घर्ति मगरले सम्पादन गरेका हुन्।

मनका अनेकौँ सङ्घर्ष, समस्या र मानसिक तनावलाई भुलेर केही पल भए पनि मन खोलेर हाँस्नुपर्छ र नाच्नुपर्छ भन्ने सकारात्मक तथा ऊर्जावान् सन्देश गीतले बोकेको छ। गीत सार्वजनिक भएसँगै यसको टिकटक र फेसबुक रिल्समा निकै रुचाइएको छ। सजिलो र ठेट शब्द भएकाले पनि यो गीत हरेक उमेर समूहका दर्शकको रोजाइमा परेको देखिन्छ।

Leave A Reply

Your email address will not be published.