सुचना, समाचार र मनोरन्जन

प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशद्वारा नवलपुरका सञ्चारगृहको अनुगमन

पोखरा,

गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशद्वारा प्रदेशको कान्छो जिल्लाका रूपमा परिचित नवलपुरस्थिति विभिन्न सञ्चारगृहको यही भाद्र दोस्रो साता अनुगमन गरी सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न गरेको छ ।

अनुगनका क्रममा नवलपुरमा कार्यरत सञ्चारकर्मीले पत्रकार आचार संहिताको परिपालना गरिएको देखियो । विगतमा ठूलो लगानी गरेर स्थापना भएका सञ्चारमाध्यम हालका दिनमा सानो लगानीमा खुम्चिएको र सञ्चारमाध्यम सञ्चालनका लागि आर्थिक चुनौती रहेको पाइयो । आर्थिक संकट भोगेका केही सञ्चारगृह बन्द हुने अवस्थामा रहेका छन् भने चलिरहेका सञ्चारगृहहरू पनि सानो दायरामा सीमित बन्न पुगेका छन् ।

Protin

सञ्चारकर्मीलाई दक्षतामा आधारित तालिम, डिजिटल पत्रकारिताका लागि एड्भान्स तालिम आवश्यक रहेको पाइयो । दर्ता र सूचीकृतविना अनलाइन मिडिया सञ्चालन हुँदा पत्रकारिताको विश्वसनीयतामा कमी आएको हुँदा विधि र व्यवस्थापन गर्न अपरीहार्य भएको पाइयो ।

प्रेस रजिष्ट्रार विमला भण्डारीको नेतृत्वमा गरिएको अनुगमनमा पत्रकार आचारसंहिताको पालना, सञ्चारगृहको वर्तमान अवस्था, सञ्चारमाध्यममा लगानीको वातावरण, पत्रकारहरूको पारिश्रमिक, सुरक्षा र स्वतन्त्रता जस्ता विषयमा केन्द्रित थियो । अनुगमन र अन्तरक्रियाका क्रममा देखिएका सञ्चारगृहको समस्या र सञ्चारकर्मीका सास्तीलाई प्रेस रजिष्ट्रार विमला भण्डारीले थयोचित तरिकाले सम्बोधन गर्ने प्रतिवद्धता जनाएका थिए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के।बि।राना, नेपाल पत्रकार महासंघ नवलपुर शाखाका अध्यक्ष श्रीराम सिग्देल, निवर्तमान अध्यक्ष, वीरेन्द्र पराजुली, उपाध्यक्ष सालिकराम कोइराला, धनु भुसाल, सहसचिव ज्ञानु पंगेनी, प्रेस युनियनका अध्यक्ष खगराज सापकोटा, हुलाकी पत्रका नवीन पौडेल, बुद्ध दर्शन टेलिभिजनका पुजा गुरुङ, नवलपुर एफएमका कार्यकारी निर्देशक राधिका भुसाल, प्रबन्ध निर्देशक सागर पोखरेल, नवलपुर शाखाकी कार्यायल प्रमुख सिर्जना थापा लगायतका प्रतिनिधिहरूको अनुगमनमा उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.