पोखरा ।
पोखरामा यतिबेला पृथ्वीनारायण शाहको शालिक पुर्नस्थापनाको आवाज चर्किएको छ । पृथ्वीचोकबाट पृथ्वीनारायण शाहको शालिक हटाएपछि आवाज चर्किएको हो । आज अपरान्ह ४ बजे पृथ्वीचोकमा दबाबमुलुक कार्यक्रमको आयोजना गरिएको छ । इतिहासको संरक्षण र राष्ट्र निर्माताको सम्मानका लागि एक कदम, एक आवाज, एकीकरण नारा राख्दै सामाजिक संजाल फेसबुकबाट सार्वजनिक रुपमा नै उपस्थितिका लागि आह्वाहन गरिएको हो ।
पोखरा महानगरपालिकाले पोखराका मुख्यचोकमा रहेको शालिकहरु हटाएर अन्यत्र व्यवस्थापन गर्ने भनेपछि विवाद चर्किएको हो । शालिक हटाएर महानगरले इतिहास मेट्न प्रयास गरिरहेको युवा नेता अरुण गिरीको भनाई छ । उनले कुनै पनि हालतमा पोखराको पृथ्वीचोकमा पृथ्वीनारायण शाहको पुर्नस्थापना गरेरै छाड्ने बताए ।
पोखरामा सामाजिक संजालबाट पृथ्र्वीनारायण शाहको शालिक पुर्नस्थापनाका लागि अभियाननै थालिएको छ । कुनै पनि राजनीतिक दलमा आबद्ध नभएका युवाहरुले पनि शालिक पुर्नस्थापनाका लागि जोडदार माग गरिरहेका छन् ।