सुचना, समाचार र मनोरन्जन

रियालिटी शोपछि म्युजिक भिडियोमा फर्किन् प्रियंका कार्की

काठमाण्डौं :

टेलिभिजन रियालिटी शोहरुमा ब्यस्त अभिनेत्री प्रियंका कार्की पुनः म्युजिक भिडियोमा फर्किएकी छन्। एक साता अघि हरिवंश आचार्यको मानव बेचबिखन बिरुद्धको सन्देशमुलक गीतमा देखिएकी प्रियंकाको अर्को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

Pach Pandav

दर्जनौ हिट गीतहरुका गायक कमल मान सिंहको नयाँ गीत ‘मायालु ’को भिडियोमा अभिनेत्री कार्की रोमान्टिक अवतारमा प्रस्तुत भएकी छन्। भिडियोमा प्रियंका राष्ट्र बैंकका निर्देशक सहदेव चन्दसँग प्रस्तुत भएकी हुन् ।

कमल मान सिंहको नै शब्द, संगीत रहेको गीतमा बाबु प्रधानको एरेन्ज रहेको छ। रोमन मार्सको सिनेमाटोग्राफी र सुप्रीम पराजुलीको सम्पादन रहेको भिडियोलाई स्वयं कमलमान सिंहले नै निर्देशन गरेका हुन्। २ दशक भन्दा अगाडीदेखि नेपाली सांगीतिक सक्रिय पपगायक कमल मान सिंहको दर्जनौ गीतहरु स्रोत दर्शकमाझ लोकप्रिय छन् ।

Leave A Reply

Your email address will not be published.