पोखरा/
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सकेसम्म आम सहमतिका आधारमा संविधान संशोधन हुने बताएका छन् ।
मन्त्री गुरुङले दुईतिहाई दम्भमा संविधान संशोधन गर्न खोजेको भन्ने कुरामा कुनै सत्यता नरहेको उल्लेख गरे ।
कांग्रेस–एमालेबीच कार्यदल बनाएर करिब १० वर्षको अवधिमा संविधान कार्यान्वयन गर्दाको सबल र दुर्बल पक्षको समीक्षा गर्दै विषयहरु पहिल्याउने कार्य भइरहेको उनले बताए ।
गुरुङले संशोधनका लागि पहिचान भएका साझा विषयहरुलाई साझा एजेण्डा बनाउँदै प्रतिपक्षी दलहरुसँग छलफल हुने उल्लेख गरे।