काठमाडौं :
नेपाली फिल्मकौ व्यापार खस्कदो अवस्थामा छन्। यो वर्षको वैशाख यता दर्जनौ फिल्मले राम्रै कमाई गरेता पनि पछिल्लो समय प्रदर्शनमा आएका फिल्मे अवस्था दर्दनाक छ।
अझ भनौँ, फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ यता नेपाली फिल्मले बक्सअफिसमा राम्रो व्यापार गर्न सकेका छैनन्। संख्यात्मक हिसाबले नेपाली फिल्मको हप्तामा तीन वटासम्म प्रदर्शनमा आएका छन्। ठूलो संख्यामा रिलिज भइसके पनि व्यापारको हिसाबले बक्सअफिसमा उत्साह देखिएको छैन ।
गत साता प्रदर्शनमा आएका फिल्म ‘सारंग’,‘ममी’,‘जुना’होस ् या शुक्रबारबाट प्रदर्शनमा आएका ‘रंगी’ र ‘दुखी आत्मा’,जुनसुकै जनरा, कलाकार र निर्देशकका फिल्म आएपनि सोचे अनुसारको व्यापार गर्न सकेका छैनन्।
माघ महिनामा नै प्रदर्शनमा आएको फिल्म स्टार भनिएका प्रदीप खड्का, प्रियंका कार्की, ऋचा शर्मा, दयाहाङ राई, सौगात मल्लको फिल्म नै अवस्था दयनिय बन्यो भन्दा फरक नपर्ला। किनकी बक्स अफिस सुन्य जस्तै छ।
अर्को हप्ताबाट प्रदर्शनमा आउन लागेका तीन फिल्म ‘लाज शरणम्’,‘मायावी’ र ‘फेरि रेशम फिलिली’बाट निर्माण पक्षले अपेक्षा गरेका छन्। यि तीन फिल्मले अस्ताएको नेपाली फिल्म बजारलाई फर्काउने सम्भावना रहेको देखिन्छ।
यतिबेला तीन फिल्मका निर्माण पक्ष नै आफ्नो फिल्मलाई व्यापक प्रचारप्रसारमा लागेका छन्। हास्य कलाकार जिग्री पाँडे अर्थात कुमार कट्टेल र अर्जुन घिमिरेको टिमले निर्माण गरेको फिल्म ‘लाज शरणम्’का कलाकार लगायत सबै यतिबेला गरिरहेको व्यापक प्रचारप्रसारमा लागेका छन्। यस फिल्मका लागि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गाएको गीत र टिजरमा देखिएको प्रोडक्सन भ्यालुले यो फिल्मको पनि सम्भावना निकै देखिन्छ।फिल्ममा सिताराम कट्टेल ‘धुर्मुस’, विजय बराल, अर्जुन घिमिरे ‘पाँडे’, हरिष निरौला ‘बले’, सागर लम्साल ‘बले’लगायत कलाकारले यो फिल्ममा अभिनय गरेका छन्।
यता एक दशक अघि प्रदर्शनमा आएको फिल्म ‘फेरि रेशम फिलिली’को उस्तै हाइप छ। किनभने भुकम्पको समयमा यस फिल्मले हलमा व्यापार नगरे पनि यसमा समावेश गीत ‘पारी त्यो डाँडामा घाम लाग्यो घमाइलो’सुपरहिट बनेको थियो। त्यसैको दोस्रो फिल्म पनि हिट हुनेमा अनुमान गर्न सकिन्छ। यो फिल्ममा कलाकार थप घट भएका छन्। यो फिल्ममा अभिनेता विनय श्रेष्ठ नै रहेका छन् भने अभिनेत्रीमा सुपुष्पा भट्ट भित्रिएकी छन्। यसअघि यो फिल्ममा अभिनेत्री मेनुका प्रधान रहेकी थिइन्। यो फिल्ममा विनय र सुपुष्पाका अलवा कामेश्वर चौरसिया,शिशिर वाङ्देल,महेश त्रिपाठी,रामबाबु रेग्मी,लक्ष्मी गिरी लगायतका कलाकारहरु रहेका छन्।
यहीँ माघ १४ गते शिवरात्रीका दिन नै प्रदर्शनमा आउन लागेको अर्को फिल्म ‘मायावी’ रहेको छ। यस फिल्मलाई दिवाकर भट्टराईले लेखेका हुन् भने निर्देशन पनि उनैको छ। यस फिल्ममा अभिनेता पल शाह,र दिपिका प्रसाइँको मुख्य भुमिका रहेको छ। यो फिल्मको केहि दिन अघि गीत रिलिज भएको थियो। यसको चर्चा पनि उतिकै छ। त्यस कारण यी तिनै फिल्म चल्छ भन्नेमा फिल्मकर्मीहरुको अपेक्षा देखिन्छ। यो बाहेक यसै साता प्रदर्शनमा आउन लागेको फिल्म ‘ताण्डप’को भने के हुन्छ,त्यो भने हेर्न बाँकी छ।