सुचना, समाचार र मनोरन्जन
Sarankot Dham

चौथो मुद्दामा पनि रवि लामिछाने धरौटीमा रिहा

काठमाडौँ/

सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग चौथो मुद्दामा पनि धरौटी माग भएको छ । उनलाई लगातार जिल्ला अदालतहरूले धरौटीमा रिहा गर्ने आदेश गरेका हुन् । शुरुमा कास्की जिल्ला अदालतले उनलाई धरौटीमा रिहा गरेको थियो भने पछिल्लो पटक बिहीबार चितवन जिल्ला अदालतले पनि धरौटी माग गरेको हो । अनुसन्धान भइरहेका स्थानमध्ये उनी विरुद्ध पर्सा जिल्लामा भने मुद्दा बाँकी नै रहेको छ।

sfal

पर्साको सानोपाइला सहकारीको ठगीमा उनी विरुद्ध अनुसन्धान चलिरहेको हो। चार वटा जिल्ला अदालतमा गरी अहिलेसम्म उनी विरुद्ध २ करोड ७९ लाख रुपैयाँ धरौटी माग भएको छ। रिहा उनले धरौटी बापतको रकम वैंक ग्यारेन्टी पेस गर्दै आएका छन् ।

लामिछानेलाई कास्की जिल्ला अदालतले ६५ लाख , काठमाडौँ जिल्ला अदालतले ६० लाख रुपैयाँ , रुपन्देही जिल्ला अदालतले एक करोड र चितवन जिल्ला अदालतले ५४ लाख रुपैयाँ धरौटी माग गरेको हो ।

Leave A Reply

Your email address will not be published.