
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- किर्तिपुरदेखि कपनसम्म गुञ्जियो ‘अक्षरा’को प्रचार, २५० बढी साइकल यात्रीले निकाले र्याली
- कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिदै लोक तथा दोहोरी गीत प्रतिस्ठानकी अध्यक्ष रीता
- बाढीको पीडा समेटिएको गीत ‘खै कहा छ मेरो गाउँ ‘ सार्वजनिक
- फ्रान्समा विद्यार्थी प्रदर्शन चर्किँदै, सयौँ विद्यालय प्रभावित
- काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना
- तनहुँमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
- थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै
- अमेरिकामा रोजगारी संकट गहिरिँदै, ओहायोमा १४ हजार प्रभावित
- स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध
- यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन
सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेट हुँदै
काठमाडौँ,
भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता हुने भएको छ ।
भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारतको राजधानी नयाँ दिल्लीमा रहनुभएका सभापति लामिछाने र गृहमन्त्री शाहबीच भेटवार्ता गर्ने कार्यक्रम रहेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । भेटमा नेपाल–भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरुबीचको संवाद र सहकार्यका विषयमा विचारविमर्श हुने अपेक्षा गरिएको उहाँको भनाइ छ ।

सभापति लमिछाने भाजपाका अध्यक्ष नबिनको निमन्त्रणामा पाँच दिने भारत भ्रमणका लागि सोमबार भारत प्रस्थान गर्नुभएको हो । भ्रमणका क्रममा उहाँले भारतमा बसोबास गर्ने नेपाली समुदाय तथा पार्टीका शुभेच्छुकहरूसँग भेटघाट गर्नुका साथै अयोध्याको भ्रमण पनि गर्नुहुनेछ ।
सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा उहाँकी धर्मपत्नी निकिता पौडेल, रास्वापाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, रास्वाका सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहरा, र स्वकीय सचिव प्रदीप आचार्य हुनुहुन्छ । यसअघि आजै सभापति लामिछानेले भाजपा मुख्यालयमा अध्यक्ष नवीनलगायतका शीर्ष नेताहरूसँग भेटघाट गर्नुभएको थियो ।
Next Post