काठमाडौं :
पछिल्लो समय राजेन्द्र बजगाईंको संगीत तथा संगीत संयोजनमा एकपछि अर्को गीतको भिडियो सार्वजनिक भइरहेको छ। यसै क्रममा गायिका शर्मिला बर्देवा र प्रमोद शर्माको स्वरमा ‘खै त मायाले कुरा बुझेको’ गीतको भिडियो सार्वजनिक भएको हो।
यस गीतमा दिनेशराज पुरीले शब्द रचना गरेका छन्। स्टुडियो २१,म्युजिक किचन र स्टनवेल स्टुडियो लण्डनमा रेकडिङ्ग गरिएको गीतको मिक्स माष्टरिङ्गको काम मनोज परियारले गरेका हुन।
सियोन श्रेष्ठको नृत्य तथा निर्देशन रहेको गीतको भिडियोमा शुधिर श्रेष्ठ, बिना रावत, श्री स्वस्थानी तामाङ्ग लगायतको अभिनय रहेको छ। छायाकंन करन चैसीर, सम्पादन तथा कलर शिलन लम्सालले गरेका हुन्। ‘खै त मायाले कुरा बुझेको’ बोलको गीतलाई म्युजिक नेपालको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।