सुचना, समाचार र मनोरन्जन

राजेश पायल राई र मेलिना राईको स्वरमा आयो साकेला जाउँको भिडियो

काठमाडौँ :

राजेश पायल राई र मेलिना राईले गाएको ‘साकेला जाउँ’ बोलको गीतको भिडियो रिलिज भएको छ। निर्माण टिमले हालै गीतको भिडियो रिलिज गरेको हो।

गीतमा किराँत समुदायको पितापुर्खाको सम्झना गर्ने,उनीहरुबाट आशिर्वाद लिने र किराँत समुदायमा जन्मदेखि मृत्यूसम्म गरिने कर्म वा संस्कार झल्कने खालको यो गीतमा दक्षिण राईले संगीत भरेका छन्।
सागर संसार राई एरेनज गरेको योगीतमा सङ्खुवासभाली किराँत युवाहरुको अगुवाइमा उँभौली पर्वको अवसर पारेर सार्वजनिक गीतमको भिडियो छायाँकन गंगाराम राईले गरेका छन्।

यस गीतको भिडियोमा लगानी युवराज राई र सरस्वती राईले गरेका छन्। जोन राईको भिडियो सम्पादन रहेको छ भने उनैको अभिनय रहेको छ। जोन राईलाई भिडियोमा मनिसा राईले अभिनयमा सघाएकी छन्। किराँत समुदायभित्र विभिन्न भाषिक समुदायहरु रहेको र हाल २८ भन्दा बढी भाषिक समुदायहरु रहेको ‘साकेला जाउँ’ गीतका रचनाकार युवराज राईले बताए। यो गीत नेपालको पुर्वी जिल्लाहरुमा निकै चर्चामा रहन थालेको छ,

Leave A Reply

Your email address will not be published.