काठमाडौं :
आठ वर्षको अन्तरालमा अभिनेता राजेश हमालले खेलेको फिल्म ‘नरसिंहाः अवतार’ रिलिजमा आएको छ। शुक्रबारदेखि देशभरका हलमा प्रदर्शनमा आएको हो। एकल रिलिजको दुर्लभ अवसर पाएको फिल्मलाई देशव्यापी १ सय ३० बढी शो प्राप्त गरेको छ भने बिहानैदेखि केहि हलमा हाउसफु देखिएको छ।
दीवाकर भट्टराईको लेखन तथा निर्देशनमा बनेको फिल्ममा राजेशसहित नीति शाह, राज कटुवाल, सनिशा भट्टराई, सरोज खनाल, नीर शाह, अर्जुन श्रेष्ठ, उषा खड्गी, दीपा शाही, प्रशान्त ताम्राकार लगायतको अभिनय छ। प्रेम, परिवार र बदलाको कथामा आधारित रहेको फिल्मको निर्मातामा नेम महर्जन,दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपाने छन्।
यो फिल्मसँगै हलमा ‘ऊनको स्वीटर’,‘के घर के डेरा २’, ‘अञ्जिला’ लगायत प्रदर्शनरत छन्। नविन चौहानको फिल्म ‘ऊनको स्वीटर’पछिल्लो समय राम्रो व्यापारिक फिल्म बनेको छ। यसमा विपिन कार्की,मिरुना मगर,परिक्षा लिम्बू लगायतको अभिनय रहेको छ। पाँचथरको रैथाने कथामा आधारित यो फिल्मलाई दर्शकले रुचाई रहेका छन्।