सुचना, समाचार र मनोरन्जन

दुवई पुगे राजेशपायल, भोलि याक एण्ड यतिमा प्रस्तुत दिँदै

काठमाडौं :

लोकप्रिय गायक एवं मेगास्टार राजेशपायल राई दुवई पुगेका छन्। उनी यही २९ जुन अर्थात भोलि शनिबार वर दुवईमा आयोजना हुने ‘राजेशपायल राई लाईभ इन दुवई’मा प्रस्तुत हुन शुक्रबार बिहान दुवई अवतरण गरेका हुन्।

नेपालकै सर्वाधिक लोकप्रिय तथा व्यस्त गायक राजेशपायल राईले शुक्रबार वर दुवईस्थित याक एण्ड यति एभरेष्ट क्लवमा धमाकेदार प्रस्तुती दिँदैछन् । जसका लागि सम्पूर्ण तयारी भइसकेको आयोजकले जनाएको छ । रातको १० बजेदेखि बिहान ४ बजेसम्म हुने डिजेसहितको उक्त कार्यक्रममा राजेशपायलले आफ्ना नयाँ तथा पुराना गरी करिब ३० वटा चर्चित र लोकप्रिय गीतहरु गाउने भएका छन्।

‘स्टेज किङ’का रुपमा समेत चिनिएका ‘राई इज किङ’ अर्थात राजेशपायल राई म्युजिकल वल्ड टुरकै क्रममा छन् । उनी वल्ड टुरकै क्रममा दुवई पुगेका हुन्। सांगीतिक कार्यक्रमको दौरानमा संसारमा रहेका नेपाली दर्शकको मन जित्दै आएका राजेशपायलको यस पटकको दुवई कन्सर्ट पनि सभ्य र भव्य हुने आयोजकको अपेक्षा छ।

दुवई कार्यक्रम सक्नेवित्तिकै उनी युके र क्यानडाको यात्रा गर्नेछन् । दुवईबाट उनी सिधै युके जानेछन् । सिसेक्पा तङ्नामको अवसरमा जुलाई १३ तारिखका दिन युकेमा ‘राजेशपायल राई लाईभ कन्सर्ट’ आयोजना हुँदैछ । यस्तै, जुलाई २० मा क्यानडामा हुने आफ्नो कार्यक्रमका लागि त्यसतर्फ प्रस्तान गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.