सुचना, समाचार र मनोरन्जन

राजु गिरीको ‘ईश्वर’ बिन्दाबासिनी मन्दिरमा गरियो शुभमुहुर्त

काठमाडौं :

निर्देशक राजु गिरीले पोखरा पुगेर फिल्म ‘ईश्वर’को शुभमुर्हत गरेका छन्। कलाकार सहितको टिमल लिएर उनले शनिबार पोखरास्थित बिन्दाबासिनी मन्दिरमा शुभमुहुर्त गरेका हुन्।

Chaka Panja

लक्ष्मी कुँवर थापाको प्रस्तुतीमा निर्माण हुने फिल्मको मुख्य भुमिकामा अभिनेता माओत्से गुरुङ, पृथ्वीराज प्रसाई, सुनिल थापा, शिशिर वाङ्देल, बुद्धि तामाङ, रविन्द्र झा, सविन बास्तोला र गिता अधिकारीको पनि अभिनय रहनेछ ।

निर्देशक गिरीका अनुसार अहिले फिल्मको मुहर्त गरेता पनि फिल्मको छायांकन भने २८ गतेबाट हुनेछ। दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्माको पटकथा एवंम् संवाद भोजराज देवकोटाले तयार गरेका छन् । हरिबहादुर थापा र शंकर गिरी निर्माता रहने फिल्ममा राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी, रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहनेछ ।

Leave A Reply

Your email address will not be published.