सुचना, समाचार र मनोरन्जन

शनिबार पोखरामा ‘र्‍याप ब्याटल नेपाल’ अडिसन हुदै

पोखरा :

शनिबार पोखरामा ‘र्‍याप ब्याटल नेपाल’ अडिसन हुदै टेलिभिजन रियालिटी शो ‘र्‍याप ब्याटल नेपाल’ को पोखरा अडिसन शनिबार हुने भएको छ । उक्त अडिसन पोखराको क्लब सिक्सटिनमा हुदै छ । युजिसा इन्टरनेसनलको आयोजना र राज्य मिडिया नेटवर्कको सहआयोजनामा हुन लागेको रियालिटी साे ‘र्‍याप ब्याटल नेपाल’को अडिसन सुरु भैसकेको छ।

Chaka Panja

सिक्किमबाट सुरु गरिएको अडिसन दार्जिलिङ, सिलिगुढी, बिर्तामोड, इटहरी, जनकपुर, चितवनमा सकिसकेको छ भने आउदो शनिबार पोखरामा हुदै छ। पोखरा अडिसन प्रचार नेपालले बेवास्थापन गरेको छ। पोखरा अडिसन शनिबार बिहानको ११ बजेबाट क्लब सिक्सटिनमा हुने प्रचार नेपालका निर्देशक आशिष पुरीले जानकारी दिए। यो साे एपी वान टेलिभिजनमार्फत अप्रिलबाट प्रसारणमा आउनेछ।

नेपाली सांगीतिक फाँटदेखि बलिउडका संगीतकर्मी शोमा निर्णायक रहने शोका निर्देशक सानु खानले जानकारी दिए। इभेन्ट निर्देशक डेभिलसिंह राजपूतले युवासहित सबै किसिमका दर्शकलाई सांगीतिक माहोलमाझ रम्ने वातावरण शोले दिने बताए। गायक, संगीतकार तथा र्‍यापर विनोद ढकालसमेत निर्णायक रहने उक्त अडिसन पोखरा हुँदै अन्त्यमा काठमाडौंमा हुनेछ।

Leave A Reply

Your email address will not be published.