सुचना, समाचार र मनोरन्जन
Sarankot Dham

आज असार २० गते बिहिवारको राशिफल पढ्नुहोस

शुभप्रभात/
२०८१ असार २० गते | बिहीवार ४ जुलाई २०२४। आषाढ कृष्णपक्ष, त्रयाेदशी तिथि, ५ः३७ बजेपछि चतुर्दशी। मृगशिरा नक्षत्र। चन्द्रराशि वृष, १६ः२४ बजेपछि मिथुन।

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
पेसा–व्यवसायमा सामान्य प्रगति हुनेछ। साँझतिर स्थितिमा सुधार आउनाले कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। नगद जुट्नाले दैनिकीमा परिवर्तन आउनेछ। व्यापारमा फाइदा हुनेछ।

वृष
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
ज्ञान, कला र व्यक्तित्वमा निखारता आउनाले पुरुषार्थी काम गर्ने समय छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट खानपानको अवसर प्राप्त हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ।  शुभचिन्तकहरूको सुझावलाई विचार गरेर काम थाल्नुहाेला।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, ह
आकस्मिक खर्च बढ्नुका साथै अर्थअभाव देखापर्नेछ। काम बिग्रने भयले सताउनेछ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला।  मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। साँझतिर सहयोगीहरूले राम्रो साथ दिनेछन्। मिहिनेतले नयाँ अवसर दिलाउनेछ र मनग्य लाभ हुनेछ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। तर भौतिक साधनमा क्षति पुग्ने सम्भावना देखिन्छ।  आवश्यकता पूरा गर्न सापटी वा ऋण लिनुपर्ने हुन सक्छ। सोखले फजुल खर्च बढाउनेछ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पहिले रोकिएको कामले उत्साह जगाउनेछ। मिहिनेतले लक्ष्यमा पुग्न सकिनेछ। कर्मयोगले नाम, दाम र इनाम दिलाउन सक्छ। अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। साँझदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्।

कन्या
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुनेछन्। तापनि साँझतिर गुनासाे सुन्ने र सहयाेग जुटाउनेहरू फेला पर्नेछन्। प्रयास गर्दा काम बन्नेछ र पछिका लागि जग बसाउन सकिनेछ।

sfal

तुला
र, रि, रु, रे, रो, ता, ति, तु, ते
स्वास्थ्य कमजाेर रहने समय छ। खर्च र चुनौतीको समय रहेको हुँदा व्यवहारमा पनि सजग रहनुपर्ला। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। आफन्त तथा साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला।

वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ भने आकर्षक उपहार प्राप्त हुन सक्छ। सुन्दर पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ।  साँझतिर आफ्नो क्षेत्रमा अरूले हस्तक्षेप गर्न सक्छन्। सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपर्ला।

धनु
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ।

मकर
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
कामको मेसो नमिल्दा केही अलमल हुनेछ। छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। समयतालिका नमिल्दा योजना भने अधुरै रहनेछ। स्वास्थ्य कमजोर रहने हुँदा आहारविहारमा ध्यान पुर्याउनुहोला।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, द
हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। साँझतिर काम बिग्रने भयले सताउनेछ। अस्वस्थताका बाबजुद श्रम गर्नुपर्ला। नतिजा सच्याउन काम दोहोर्याउनुपर्नेछ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
नयाँअवसर प्राप्त हुनेछन् भने पेसा–व्यवसायमा फाइदा हुनेछ। साथीभाइकाे सहयाेग जुट्नाले राम्रो प्रतिफल प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट मनग्य लाभ मिल्नेछ। प्रतिस्पर्धामा अग्रस्थान हासिल हुनेछ। साँझदेखि केही घरायसी समस्याले पिरोल्न सक्छ।

तपाईंको दिन शुभ रहोस…..

Leave A Reply

Your email address will not be published.