सुचना, समाचार र मनोरन्जन

ट्रेलरले दर्शकको मन जितेको फिल्म ‘ह्रस्व दीर्घ’नेपाली र हिन्दी भाषामै प्रदर्शन हुने

काठमाडौं :

अभिनेत्री नीता ढुङ्गानाको टिमले निर्माण गरेको फिल्म ‘ह्रस्व दीर्घ’नेपाली भाषा सहित हिन्दीमा पनि प्रदर्शन हुने भएको छ। यही कात्तिक ३० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो फिल्म नेपाली भाषाका अलवा हिन्दी र तेलुगू पनि तयार पारिएको छ। तर निर्माण पक्षले शुक्रबार नेपाली र हिन्दी संस्करणलाई एकै मितिमा रिलिज गरिने जानकारी दिएका छन्। निर्मात्री तथा अभिनेत्री समेत रहेकी नीता ढुंगानाले फिल्मका बारेमा जानकारी दिएकी हुन्।

नेपाली कलाकार र भारतिय कलाकारको जम्बो टोली राखेर निर्माण गरिएको यो फिल्मबो बजेट ६ करोडमाथिको छ। फिल्मको गीत र ट्रेलरले चर्चा पाएसँगै निर्माण पक्ष उत्साहित देखिएको छ। अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार खरिद गरेको कम्पनी सेभेन सिजले नेपाल रिलिजको एक सातापछि फिल्मको दुवै संस्करणलाई अन्तर्राष्ट्रिय बजारमा प्रदर्शन गर्दैछ।

Pach Pandav

नेपाली र हिन्दी भाषामा यो फिल्म प्रदर्शनपछि तेलुगू भर्सन भने सन् २०२५ को जनवरी अर्थात् आगामी माघ अन्तिममा रिलिज गर्ने निर्माणपक्षको तयारी छ। केहि दिन अघि रिलिज भएको टिजरले फिल्मको राम्रो ‘हाइप’बनेको थियो। तर फिल्मका मुख्य कलाकार ब्रह्मानन्दमको दृश्यमा गरिएको नेपाली स्वरांकनमा दर्शकले मन परेन भनेपछि उनको नेपाली स्वरांकन परिवर्तन गर्दै अर्को राखिने भएको छ। निर्माता ढुङ्गानाले केहि दिन अघि यो कुरा सामाजिक सञ्जालमार्फत जानकारी दिएकी थिइन्।

यस फिल्ममा ब्रह्मानन्दमसहित अली, सुनिल वर्मा, प्रदीप रावत,कबीर दुहन सिंहका अलवा नेपाली कलाकार नीता ढुंगाना, हरिहर अधिकारी, सञ्चिता लुइँटेल, विपना थापा, सरोज खनाल, किरण केसी, बुद्धि तामाङ, गरिमा शर्मा, रवीन्द्र झा, नरेन खड्का लगायतको पनि अभिनय छ भने अभिनेत्री रेखा थापा विशेष भूमिकामा छिन्। चन्द्र पन्तको डेब्यु निर्देशनमा बनेको फिल्ममा धनन्जय गलानी कार्यकारी निर्माता रहेका छन्। फिल्मलाई बलिउड छायाँकार कवीरलालले खिचेका हुन्।

Leave A Reply

Your email address will not be published.