Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- तारानाथ ढुंगानाद्वारा पोउवा संघको महासचिव पदका लागि उम्मेदवारी
- कास्की प्रहरी प्रमुख नवीन कार्कीद्वारा बेपत्ता आफन्तको खोजीमा सहजीकरण
- अनुभव, इमानदारिता र व्यवसायीको आवाज बोकेर चुनावी मैदानमा सूर्यराज घिमिरे ‘सुरेश’
- संकटमा सिङ्गो देश: मानवता र सुशासनको कसी
- सरकारले विभिन्न स्थानीय तहलाई ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा गर्ने
- पोखरामा भेलले बगाउँदा आमा-छोरीको मृत्यु
- भोटेकोसी बाढी प्रभावितका लागि बीएण्डबी ग्रुपले ५० लाख सहयोग गर्ने
- भारतीय बजारमा ‘टक्सिक’को व्यापार कमजोर हुँदा नेपालमा ‘पार्वती’लाई फाइदा
- विषम परिस्थितिका बीच प्रदर्शनमा आयो ‘पार्वती’, पहिलो दिनको सम्पूर्ण कमाइ बाढीपीडितलाई दिने घोषणा
- नेपालमा बाढीको कहर : १७ हजार बालबालिकालाई जोगाउन प्रियंका चोपडा र जेन मलिकको अन्तर्राष्ट्रिय गुहार
सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन
काठमाडौँ,
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन सुरु भएको छ । भरतपुरको ‘गेष्टहाउस’ चौरमा निर्माण गरिएको सभाहलस्थित विशेष समारोहबीच पार्टी सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता एवम् प्रधानमन्त्री वालेन्द्र शाहले घण्टी बजाएर महाधिवेशनको उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँहरुसँग मञ्चमा रहनुभएका अतिथिहरुले पनि एकै साथ घण्टी बजाउनुभएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली, नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देल सहभागी हुनुहुन्छ ।
यसै गरी पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, जनता समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतको सहभागिता रहेको छ ।
उद्घाटन सत्र सुरु हुँदै गर्दा वर्षा भए पनि समारोहमा मानिसहरुको उल्लेख्य उपस्थिति छ ।