चितवन,
रास्वपा महाधिवेशन प्रतिनिधिको सङ्ख्या बढेको छ । चितवनको भरतपुरमा जारी महाधिवेशनको पछिल्लो अवस्थाबारे जानकारी दिँदै रास्वपाका सांसद एवं नेता मनिष झाले सुरुमा ३ हजार प्रतिनिधिको आकलन गरिए पनि हाल ४ हजार ३ सयभन्दा बढी प्रतिनिधि सहभागी भइसकेको बताए ।
‘यो सङ्ख्या ४ हजार ५ सयसम्म पुग्न सक्ने देखिन्छ’, झाले भने, ‘प्रवासबाट समेत अपेक्षितभन्दा चार गुणा बढी प्रतिनिधिहरूको सहभागिता रहेको छ ।’