सुचना, समाचार र मनोरन्जन

मण्डला थिएटरमा ‘रातो घेरा’ को इन्डक्ल्याप: दयाहाङ र मिरुनाको जोडी पुन: पर्दामा

काठमाडौं :

सामाजिक यथार्थ, मानवीय सम्बन्ध र रहस्यलाई कथाको केन्द्रमा राखिएको दयाहाङ राई र मिरुना मगर अभिनित चलचित्र ‘रातो घेरा–द रेड सर्कल’ को छायांकन सम्पन्न भएको छ। चलचित्रको इन्डक्ल्याप (छायांकन अन्त्य) काठमाडौंको बानेश्वरस्थित मण्डला थिएटरमा गरिएको हो।

निर्देशक अनिल बुढा मगरको निर्देशनमा तयार भएको चलचित्र सत्य घटनामा आधारित रहेको निर्माण पक्षले जनाएको छ। सामाजिक तथा भावनात्मक विषयवस्तुलाई रहस्यसँग जोडेर प्रस्तुत गरिएको चलचित्रले मानवीय सम्बन्धका विविध पाटोलाई पर्दामा उतार्ने प्रयास गरेको छ।

चलचित्रमा दयाहाङ राई र मिरुना मगरका साथै सुनील पोखरेल, भोला राज सापकोटा, माओत्से गुरुङ, कविता आले, रजनी गुरुङ, शेखर चापागाईँ, डी.बी. गुरुङ, बलबहादुर गुरुङ, इन्गी हाप्पो सुनुवार, सुरज तमु, खड्गबहादुर पुन (खबपु), अरुण पुन मगर, सुस्मिता कुँवर, रामबाबु रेग्मी, भावना खपाङ्गी मगर, उमेश सोनम, विजया पौडेल, सुभाषप्रसाद गजुरेल, सुवास सिंह ठकुरी, सञ्जय कुमार, रमिक सिंह ठकुरी र सुनील तामाङको अभिनय रहेको छ।

Protin

चलचित्रमा जीवन गुरुङ, कविता गुरुङ, भोजेन्द्र गुरुङ (भोज) र सरुन शेरचन निर्माता छन् भने सुमन गुरुङ र खेम राना सह-निर्माताका रूपमा रहेका छन्। विषयवस्तु र निर्माण शैली दुवै हिसाबले चलचित्रलाई नेपाली सिनेमामा फरक स्वाद दिने गरी प्रस्तुत गर्ने लक्ष्य लिइएको छ।निर्माता जीवन गुरुङका अनुसार सत्य घटनामा आधारित सामाजिक तथा भावनात्मक कथालाई अझ भव्य, सशक्त र प्राविधिक रूपमा उच्चस्तरीय बनाउन विशेष ध्यान दिइएको छ।

चलचित्रको कथा तथा पटकथा राजु स्याङताङले लेखेका हुन् भने छायांकन शिशिर बिसंखेले गरेका छन्। चलचित्रमा मनोज थापा मगर र सागर आलेको संगीत, श्रवण मुकारुङ र शिव हमालका गीत तथा मनोज थापा मगरकै पाश्र्व संगीत रहेको छ। गीतमा सागर आले र शान्तिश्री परियारको स्वर सुन्न सकिनेछ। गीतको भिडियोमा प्रदीप लामा र जुना सुन्दासको अभिनय तथा प्रदीप लामाकै कोरियोग्राफी रहेको छ।

चलचित्रको सम्पादन जीवन थापाले गरेका छन् भने फिरोज खड्का मुख्य सहायक निर्देशकका रूपमा रहेका छन्। सहायक निर्देशकमा अनिल दाहाल र सिर्जना भुजेल, प्रोडक्सन म्यानेजरमा सन्देश राई, कस्ट्युम डिजाइनमा जानकी कडायत, मेकअपमा विक्रम थापा, हेयरमा कल्पना लिम्बू, आर्ट निर्देशनमा कृपा खड्गी तथा प्रोडक्सन डिजाइनमा रामलाल खड्का आबद्ध छन्।

चलचित्रको वितरण अधिकार काफिया फिल्म्सले लिएको छ। ‘रातो घेरा–द रेड सर्कल’ आगामी २०८३ मंसिर १८ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।

Leave A Reply

Your email address will not be published.