सुचना, समाचार र मनोरन्जन

नेपाल आईडल सिजन २ का विजेता रवी ओडको यू—ट्युब च्यानल मार्फत म्युजिक भिडियो सार्वजनिक

काठमाडौं :

नेपाली संगीत उद्योगका लोकप्रिय संगीतकर्मी श्री प्रदिप भट्टराईले आफ्नो नयाँ गीत ‘उमेर ढल्केको’ सार्वजनिक भएको छ। सार्वजनिक नयाँ गीतमा नेपाल आइडल सिजन २ का विजेता रवि ओडले स्वर दिएका छन्।

यस गीतको भिडियोमामा उनले आफ्नो भावनात्मक प्रस्तुति मार्फत गीतलाई अझ बढी सजीव तुल्याएका छन्। गीतको भिडियोमा रबीको आवाजसंगै उनको अभिनय, कलाकार जय किशन बस्नेत र बिना राउत तथा संगीतकार भट्टराई स्वयम् लगायत कलाकारको रमाइलो अभिनय रहेको छ ।

नेपाली संगीत क्षेत्रमा २५ वर्षभन्दा बढी योगदान दिइ सकेका उनको परिचय गायक, संगीतकार, गीतकार तथा संगीतकर्मीका रुपमा समेत स्थापित रहेको छ। तथापी, उनी आफैँ भने आफूलाई पूर्वेली गायक तथा संगीतकर्मी भन्न रुचाउँछन्। उनले आफ्नो सांगीतिक यात्राको सुरुवात २५ बर्ष अघि मेलान्ज ब्याण्ड मार्फत गरेका थिए।

Leave A Reply

Your email address will not be published.