Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- फ्लपको ट्याग हट्यो: ३१ ब्लकबस्टरको सूचीमा अनमोल केसीको दमदार ‘इन्ट्री’
- प्रियंका कार्कीको ‘मास्टर्नी’ भदौ ५ मा आउने, पोस्टरमा देखियो रहस्यमयी रूप
- मनसुनजन्य विपद् व्यवस्थापनका लागि १० हजार प्रहरी ‘स्ट्याण्डबाइ’
- बालखैमा बिहे गरेकी गौँथलीलाई सासुले कुटिन्,सासुको कुटाई सहन नसक्दा हिडिन माइती(भिडियोसहित)
- ‘लज्जावती’ सुन्दरी मेनुकाको नयाँ मिसन: ‘फेस अफ नेपाल-२०२६’ को खोजी सुरु!
- पर्यटनको अपार सम्भावना बोकेको पञ्चासे, पूर्वाधार अभावले ओझेलमा
- पूर्वी नेपालमा विपद् प्रतिकार्यमा सेनाको तयारी पूरा
- नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
- पाल्पाबाट दालचिनी भारत निर्यात
- यस वर्ष कामपामा विपद्का घटनामा कमी
‘द स्पिकिङ्ग टाइटन’को घोषणा, दिलभुषण देखी माल्भिका सम्म छन् निर्णायक
काठमाडौं :
रियालिटी शो ‘द स्पिकिङ्ग टाइटन’को घोषणा गरिएको छ । मङ्गलवार एक कार्यक्रमका बोल्ने र बोल्न चाहने प्रतिभाहरूलाई स्थान दिने हेतुले उक्त शोको औपचारिक घोषणा गरिएको हो औपचारिक घोषणासँगै डिजिटल अडिसन समेत खुलाइएको छ ।
डिजिटल तथा फिजिकल दुवै माध्यमबाट अडिसन लिइने ‘द स्पिकिङ्ग टाइटन’ मा सहभागी हुनका लागि DAAMI MUSIC APP र daamimedia.com मार्फत प्रतियोगीले आफ्नो प्रस्तुतिको भिडियो पठाउन सक्नेछन् । साथै “द स्पिकिङ्ग टाइटन” को आधिकारिक फेसबुक पेज र आधिकारिक Whatsapp 9843950382 मार्फत पनि आफ्नो ३ मिनेटको कुनै एक टपिकमा भिडियो बनाई पठाउन सक्नेछन् ।
प्रतियोगिताको लागी बिश्वभरबाट नेपाली भासीले सहभागिता जनाउन सकिने जनाइएको छ । प्रतियोगीको उमेर कम्तीमा १५ वर्षको हुनुपर्ने, स्वतःस्फूर्त रूपमा बोल्न सक्ने क्षमतावान् हुनुपर्नेछ । त्यसपछि जज राउन्डबाट उत्कृष्ट प्रतियोगी चयन गरी फिजिकल अडिसनका लागी निमन्त्रणा गरिने आयोजकले जनाएको छ ।
‘द स्पिकिङ्ग टाइटन’मा निर्णायकको रूपमा दिलभूषण पाठक, माल्भिका सुब्बा र रञ्जित आचार्य रहने जानकारी गराइएको थियो भने कार्यक्रम सञ्चालक तथा मेन्टरको रूपमा सौनक भट्ट रहने भएका छन्। दामी मिडियाको प्रस्तुति रहेको ‘द स्पिकिङ्ग टाइटन’ को कन्सेप्ट तथा डिजाइन सुदिप पोख्रेलले गरेका हुन् भने डिजाइन पार्टनरको रूपमा टौवा स्टुडियो रहेको छ। कार्यक्रमलाई डन डिरेक्टरको छवि बनाई सकेका प्रसिद्ध निर्देशक अमन प्रताप अधिकारीले निर्देशन गर्ने भएका छन्।
‘द स्पिकिङ्ग टाइटन’को ब्रोड्कास्टिङ्ग पार्ट्नरको रूपमा टेलिभिजन तर्फ प्राइम टेलिभिजन तथा डिजिटल तर्फ ओएसआर रियालिटी र दामी म्युजिक रहेको छ । कार्यक्रम जेठको अन्तिम साताबाट टेलिभिजनमा प्रशारण गरिने निर्माण पक्षले जनाएको छ।