सुचना, समाचार र मनोरन्जन

अमेरिकामा पनि रेखा थापाको फिल्म ‘उपहार’हाउसफुल

काठमाडौं :

अभिनेत्री रेखा थापा अभिनित फिल्म ‘उपहार : द जर्नी लाइफ’ले पहिलो अन्तर्राष्ट्रिय रिलिजको यात्रा अमेरिकाको कोलोराडोमा भएको छ । आइतबार भएको प्रदर्शनमा हलमा दर्शक नअटेर बाहिरिएका थिए।

Protin

गत २५ गतेबाट हलमा दोस्रो सातामा चलिरहेको फिल्मले डायस्पोरा प्रदर्शनको थालनी गरेको हो। अभिनेत्री थापाले परिचयसँगको कुराकानीमा कोलोराडो प्रदर्शनमा दर्शकको ‘ओभरफ्लो’ भएको जानकारी दिइन् । उनका अनुसार दर्शकको मागको कारण सोमबार अर्को शोको आयोजना गरिएको समेत बताईन्।

अमेरिकामा फिल्मको माग उच्च रहेकोले अमेरिकाको अन्य राज्यमा पनि फिल्म प्रदर्शन गरिने निर्माण पक्षको दाबी छ। झन्डै दुइ महिना अघि अमेरिका उडेकी रेखाले उतै छोरीलाई जन्म दिएकी छन्। ‘बेबी प्लान’सहित अमेरिका उडेकी रेखाले गत महिना पहिला सन्तानका रुपमा छोरीलाई जन्म दिएकी थिइन् ।

फिल्म ‘उपहार’ हेर्न अभिनेता आयुष रिजाल पनि पुगेका थिए। उनले रेखासँग फिल्म ‘हिफाजत’मा अभिनय गरेका थिए। यहि फिल्मबाट अभिनय करिअर थालेका रिजालले रेखासँगको तस्वीर सेयर गर्दै समसामयिक विषयवस्तुमा फिल्म निर्माण भएको भन्दै प्रशंसा गरेका छन् ।ज्ञानेन्द्र देउजा निर्देशित फिल्ममा रेखासहित बेनिशा हमाल, पूजा शर्मा,मुकुन भुसाल,शिशिर राना लगायतका कलाकारहरुको अभिनय रहेको छ । कपनगढी सिनेमासँग रेखा फिल्म्सले सहकार्य गरेको यो फिल्मलाई दर्शकले साथ दिइरहेका छन्।

Leave A Reply

Your email address will not be published.