सुचना, समाचार र मनोरन्जन

बिक्कीको नयाँ शो ‘कमेडी दरबार’ आउँदै, बिजय बराल अनुबन्धित

काठमाडौँ :

कमेडियन बिक्की अगरवालले टेलिभिजन कमेडी शो कमेडी दरबार ल्याउने भएका छन् । अहिले शोको सेट र कलाकारको टिम छनोट प्रक्रियामा छ । यसअघि रोस्ट शो ‘आम्मा कसम याँ दुख्छ’को दोस्रो सिजनलाई सम्पन्न गरेका बिक्कीले अब ‘कमेडी दरबार’ नामको शो ल्याउने तयारी गरेको बताएका छन्।

Gandarbha

यसैबिच कलाकार बिजय बराल अनुबन्धित भइसकेका उनले जानकारी दिएका छन् । बिजय शोमा कुन भूमिकामा देखिनेछन् भन्ने बारे भने खुलाएका छैनन् । बिजय र बिक्कीको टिमको सम्झौता भइसकेको छ । ‘हामीले यसअघि गरेका शोहरु भन्दा अझ लार्ज स्केलको रुपमा कमेडी दरबारलाई लिएका छौं ।

अहिले बिजय बराल अनुबन्ध भइसक्नुभएको छ, अन्य कलाकार फाइनल हुनेक्रममा हुनुहुन्छ ।’ बिक्कीले भनेका छन्, ‘यो पारिवारीक कमेडी शो हुनेछ ।’ शोलाई बिक्की र श्रृद्धा प्रसाईंले निर्देशन गर्नेछन् । शो प्राइम टेलिभिजनमार्फत प्रसारण हुनेछ । शोको प्रसारण मिति तोकिएको छैन तर छिट्टै आउने बताइएको छ ।

Leave A Reply

Your email address will not be published.