सुचना, समाचार र मनोरन्जन

सृष्टि, नम्रता र नीतिको साथमा दिल श्रेष्ठ अभिनित फिल्म ‘माया भनेकै यस्तो होला’को रोमान्टिक गीत रिलिज

काठमाडौं :

रेखा थापा निर्देशित फिल्म ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक भएको छ। निर्माण टिमले शुक्रबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै उक्त गीत रिलिज गरेको हो।

गीतमा प्रशान्त शिवाकोटीको शब्द तथा संगीत छ। स्वर प्रशान्त शिवाकोटी र विज्ञानी पराजुलीको छ। एकै नजरमा बसेको प्रेम र त्यसपछिको परिकल्पना गीतमा समेटिएको छ। सुन्दर युवती देखेपछि युवकको मनमा उठ्ने भवना र उसले गर्ने जीवनको कल्पनामा गीत केन्द्रित छ। प्रेमिल गीतले फिल्म पूर्णतः प्रेम कथामा आधारित रहेको संकेत गरेको छ। गीतले त्रिकोणात्मक प्रेम देखाइएको छ। एक युवकको तीन युवतीसँग प्रेम गीतमै देखाइएको छ।

Gandarbha

गम्भीर विष्टको कोरियोग्राफी रहेको गीतको भिडियोमा दील श्रेष्ठ, सृष्ठि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाहलगायत छन्। रेखाको यो तेस्रो निर्देशकिय फिल्म हो। यसअघि उनले ‘हिम्मतवाली’ र ‘मालिका’ निर्देशन गरेकी थिइन्।

‘दिया एण्ड अमु फिल्मस्’ को ब्यानरमा निर्माण भएको यो फिल्ममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, पूर्व मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहको मुख्य भूमिकामा छन् । लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहाडी, संगम भण्डारी, सुजाता श्रेष्ठ र बिनोद पौडेललगायतको पनि अभिनय रहेको छ।

रंगपत्रकार ध्रुव लम्सालले लेखेको यो फिल्मले प्रेम कथाका माध्यमबाट सामाजिक भावनालाई उठान गर्नेछ। फिल्ममा हरि नारायण श्रेष्ठ, माया देवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ निर्माता छन्। सुदीप बराल डिओपी रहेको यस फिल्ममा अनिरुद्ध आत्रेय प्रमुख सहायक निर्देशक छन्। संगीत प्रशान्त सिवाकोटी, ड्रेस डिजाइनर सुजेनी मल्ल, मेकअप प्रिया कार्की,प्रोडक्सन सुमन तिवारी रहेका छन्। फिल्मलाई देशभरका प्रमुख वितरक कम्पनीहरू रीच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरणको जिम्मा लिएका छन्।

Leave A Reply

Your email address will not be published.