सुचना, समाचार र मनोरन्जन

पाँचौ राइट टु प्रोटिन रनको तयारी तिव्रः पामेका स्थानीय संघ संस्थासंग छलफल

पोखरा,

आगामी असोज ३ गते (सेप्टेम्बर १९) मा नेपाल दाना उद्योग संघको आयोजनामा देशकै ठूलो हाफ म्याराथन प्रतियोगिता ‘पाँचौं राइट टु प्रोटिन रन–२०२६’ आयोजना हुँदै छ । पोखराको लेकसाइडस्थित बसुन्धरा पार्कबाट आयोजना हुने प्रतियोगिताको लागि आयोजकले पोखराका युवा क्लव, आमा समूह, जनप्रतिनिधि, टोलविकास समिति सहित समाजसेवीहरुसंग छलफल सुरु गरेको छ ।

शुक्रबार आयोजकको तर्फबाट अशेष भट्टराई र राइट टु प्रोटिन रन प्रतियोगिताका सदस्य सचिव साजन सुवेदीलले पोखरा महानगरपालिका २४ स्थित पामेमा स्थानीय संघसंस्था तथा जनप्रतिनिधि संग छलफल गरेका हुन ।

छलफलमा बास्कोट युवा क्लव, फेवा युवा क्लव, जलजला युवा क्लव, सृर्जनशिल पामे आमा समूह, फेवा आमा समूह, जलजला आमा समूह, लौरुक युवा क्लवका प्रतिनिधिहरुसंगको सहभागिता रहेकको थियो । छलफलमा उपस्थित प्रतिनिधिहरुले पहिलो पटक पोखरामा राइट टु प्रोटिन दौड आयोजना गरिएकोमा धन्यवाद दिदै प्रतियोगितालाई सफल पार्नको लागि आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।

उक्त प्रतियोगितामा सहभागिता जनाउने सहभागिहरुको आकस्मिक स्वास्थ समस्यालाई ध्यानमा राख्दै एम्बुलेन्स उपलब्ध गराउने फेवा युवा क्लवका अध्यक्ष नवराज पराजुलीले जानकारी दिएका छन ।

असोज ३ गते हुने राइट टु प्रोटिन दौड प्रतियोगिताको लागि खेलाडी र सम्बन्धित संघसंस्थाहरुसंग सहकार्य र छलफललाई तिव्र पारिएको जानकारी दिदै प्रतियोगिताका संयोजक समेजराज भण्डारीले कार्यक्रमलाई सफल भव्य सफल पार्नको लागि सहकार्यको लागि सम्पूर्णलाई आवहान गरेका छन ।

Leave A Reply

Your email address will not be published.