सुचना, समाचार र मनोरन्जन

निर्मल पुर्जाको जीपीएस संकेतः ५,८७८ मिटरको उचाइमा, ब्याट्री ‘लो’, अवस्था स्थिर

काठमाडौँ,

पाकिस्तानको काराकोरम हिमशृंखलामा रहेको विश्वको १२ औँ अग्लो ब्रोड पिक ९८,०४७ मिटर० हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी सम्पर्कविहीन भएका ख्यातिप्राप्त नेपाली पर्वतारोही निर्मल पुर्जा र उनको टोलीको पछिल्लो स्थितिबारे प्राविधिक विवरण प्राप्त भएको छ ।

सांसद तथा उनका व्यावसायिक साझेदारसमेत रहेका मिङ्मा डेभिडका अनुसार गार्मिन स्याटेलाइट ट्र्याकिङ उपकरणले पठाएको पछिल्लो जिपिएस संकेत अनुसार पुर्जा समुद्री सतहदेखि ५,८७८.६७ मिटरको उचाइमा एकै ठाउँमा स्थिर अवस्थामा रहेको पुष्टि भएको हो ।

प्राप्त प्राविधिक विवरण अनुसार नेपाली समय अनुसार बिहान ०६ः१८ बजे अपडेट भएको उक्त स्याटेलाइट म्यासेजमा आरोही पुर्जाको भौगोलिक स्थिति देखाइएको छ छ । जिपिएस डाटा अनुसार पुर्जाको हिँडडुल गर्ने गति शून्य रहेको छ । जसले उनीहरू त्यस स्थानमा विश्राम गरिरहेको, अड्किएको वा प्रतिकूल अवस्थाका कारण अगाडि बढ्न नसकी एकै ठाउँमा अडिएको संकेत गरेको देखिन्छ ।

यसका साथै स्याटेलाइट ट्र्याकिङ डिभाइसको ब्याट्रीको अवस्था ‘लो’ अर्थात् निकै कम भइसकेको देखाएको छ, जसले गर्दा आगामी समयमा जीपीएस लोकेसन निरन्तर प्राप्त भइरहनेमा थप जोखिम बढाएको छ ।

विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालहरू तीव्र गतिमा आरोहण गरेर विश्व कीर्तिमान कायम गरिसकेका निर्मल पुर्जाको टोली ब्रोड पिकमा आएको अचानक हिमपहिरोका कारण सम्पर्कविहीन हुन पुगेको थियो ।

जीपीएस ट्र्याकिङले देखाएको अक्षांश र देशान्तरको स्थान पाकिस्तानको ब्रोड पिक तथा केटू क्षेत्रको आधार शिविरभन्दा केही माथिल्लो भेगमा पर्दछ ।

Leave A Reply

Your email address will not be published.